नेत्रहीन टी-२० विश्वकप : नेपालको पहिलो जित, अफगानिस्तानलाई १०८ रनले हरायो

काठमाडौं । नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले अफगानिस्तानलाई १०८ रनले पराजित गरेको छ । सोमबार पाकिस्तानमा भएको खेलमा २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा मात्र १२० रन बनाउन सक्यो । यससँगै जारी प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ । अफगानिस्तानका लागि अबासिनले ५३ र द्वरनले २१ रन बनाए । नेपालका […]

Nov 25, 2024 - 10:11
 0
नेत्रहीन टी-२० विश्वकप : नेपालको पहिलो जित, अफगानिस्तानलाई १०८ रनले हरायो

काठमाडौं । नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले अफगानिस्तानलाई १०८ रनले पराजित गरेको छ ।

सोमबार पाकिस्तानमा भएको खेलमा २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा मात्र १२० रन बनाउन सक्यो । यससँगै जारी प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ ।

अफगानिस्तानका लागि अबासिनले ५३ र द्वरनले २१ रन बनाए । नेपालका लागि सुनिलले ३ तथा भारत, अमिश र सुनिल क्षेत्रीले १–१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पूरै ओभर खेलेर २ विकेटक्षतिमा २२८ रन बनाएको थियो  । नेपालका लागि पदम बढाइलाले ९२ र नरेश चौधरीले ७२ रन बनाए । पदम ५१ बलमा ९२ रन बनाएर अविजित रहे । नरेश चौधरीले भने ६२ बलमा अविजित ७२ रन बनाए ।

नेपाल पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register