बिहारका वैभव १३ वर्षमै बने करोडपति !

काठमाडौं । १३ वर्षीय वैभव सूर्यवंशी इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सनबाट राजस्थान रोयल्समा अनुबन्ध भएका छन् । सन् २०२५ को आईपीएलका लागि मंगलबार भएको दोस्रो तथा अन्तिम दिनको अक्सनबाट उनलाई राजस्थानले एक करोडभन्दा बढी भारतीय रुपैयाँ खर्चिएको हो । अक्सनमा वैभवको न्यूनतम मूल्य ३० लाख रुपैयाँ रहेको थियो । तर उनी अन्त्यमा १ करोड १० […]

Nov 26, 2024 - 02:41
 0
बिहारका वैभव १३ वर्षमै बने करोडपति !

काठमाडौं । १३ वर्षीय वैभव सूर्यवंशी इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सनबाट राजस्थान रोयल्समा अनुबन्ध भएका छन् ।

सन् २०२५ को आईपीएलका लागि मंगलबार भएको दोस्रो तथा अन्तिम दिनको अक्सनबाट उनलाई राजस्थानले एक करोडभन्दा बढी भारतीय रुपैयाँ खर्चिएको हो ।

अक्सनमा वैभवको न्यूनतम मूल्य ३० लाख रुपैयाँ रहेको थियो । तर उनी अन्त्यमा १ करोड १० लाख भारूमा बिक्री भए । यो नेपाली रुपैयाँ एक करोड ७६ लाख हुन आउँछ ।

वैभवका लागि राजस्थानसँगै दिल्ली क्यापिटल्सले मोलमोलाई गरेका थिए । तर, अन्त्यमा उनलाई राजस्थान रोयल्सले अनुबन्ध गरेको हो ।

वैभवले सन् २०२३ मा भारतको यू–१९ को ‘बी’ टोलीबाट खेलेका थिए । उनले त्यसबेला ६ खेलमा १७७ रन जोड्ने क्रममा २ अर्धशतक प्रहार गरेका थिए ।

वैभवले १२ वर्षको उमेरमा बिहारबाट रणजी ट्रफीमा डेब्यू गरेका थिए । त्यहीँबाट उनको चर्चा चुलिएको हो ।

तुलनात्मक रुपमा पिछडिएकाे मानिएकाे बिहार राज्यका वैभव भारतको क्रिकेट इतिहासमा सबैभन्दा कान्छा करोडपति बनेको चर्चा भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

ऋषभ बने आईपीएलकै सबैभन्दा महंगा खेलाडी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register