कचनकवलमा विज्ञान प्रदर्शनी

कचनकवल, १३ पुस । कचनकवल गाउँपालिकामा कचनकवल विद्या मन्दिर माध्यमिक विद्यालयको आयोजनामा विज्ञान प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ। वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम २०८१ मा माध्यमिक तथा आधारभूत तहका विभिन्न विद्यालयले उत्कृष्टता हासिल गरेका छन्। माध्यमिक तहतर्फ विद्या निकेतन माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ भने जनता माध्यमिक विद्यालय द्वितीय र लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालय तृतीय [...] The post कचनकवलमा विज्ञान प्रदर्शनी appeared first on Jhapa Online.

Dec 28, 2024 - 02:19
 0
कचनकवलमा विज्ञान प्रदर्शनी

कचनकवल, १३ पुस । कचनकवल गाउँपालिकामा कचनकवल विद्या मन्दिर माध्यमिक विद्यालयको आयोजनामा विज्ञान प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ। वृहत् विज्ञान प्रदर्शनी कार्यक्रम २०८१ मा माध्यमिक तथा आधारभूत तहका विभिन्न विद्यालयले उत्कृष्टता हासिल गरेका छन्।

माध्यमिक तहतर्फ विद्या निकेतन माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ भने जनता माध्यमिक विद्यालय द्वितीय र लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालय तृतीय भएका छन्। त्यस्तै, आधारभूत तहतर्फ मोती माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गरेको छ भने उज्याला एकेडेमी द्वितीय र लक्ष्मी माध्यमिक विद्यालय तृतीय भएका छन्।

प्रदर्शनीमा पालिका भरका १३ वटा विद्यालय सहभागी थिए। प्रदर्शनी कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशी र विशिष्ट अतिथि तथा उपाध्यक्ष नवराज भट्टराईले संयुक्त रूपमा गरेका थिए।

उक्त प्रदर्शनीले विद्यार्थीहरूको वैज्ञानिक सोच र सिर्जनशीलतालाई प्रोत्साहन गर्दै उनीहरूको प्रतिभा उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजक विद्यालयका प्रधानाध्यापक खगेन्द्र पाण्डे ९रूपक०ले बताए। विद्यालय बाल क्लबले अतिथिलगायत उपस्थित अभिभावकहरूका लागि निस्शुल्क खाजाको व्यवस्थासमेत गरेको थियो।

विजयी विद्यालयहरूलाई प्रमाणपत्र र पुरस्कार पूर्व कोशी प्रदेश सांसद बसन्त बानियाँले वितरण गर्दै कार्यक्रमको समापन गरिएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक(शिक्षिका, कचनकवल गाउँपालिकाका योजना शाखा प्रमुख केशव मैनालीलगायतको उपस्थिति रहेको थियो।

The post कचनकवलमा विज्ञान प्रदर्शनी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register