आध्यात्मिक गुरु श्री श्री रवि शंकरले राखे विभिन्न छ विधामा विश्व कीर्तिमान

काठमाडौँ। प्रथम विश्व ध्यान दिवसका दिन ‘द आर्ट अफ लिभिङ फाउन्डेसन’का संस्थापक एवं आध्यात्मिक गुरु श्री श्री रवि शंकरले ध्यान गराएरै विभिन्न छ विधामा विश्व कीर्तिमान कायम गरेका छन् । संयुक्त राष्ट्र संघले विश्व ध्यान दिवस घोषणा गरेको २१ डिसेम्बरका दिन भएको ध्यान कार्यक्रममा उनले विश्व रेकर्ड राखेका हुन् । उक्त दिन बेलुका सबा ८ […]

Dec 28, 2024 - 08:20
 0
आध्यात्मिक गुरु श्री श्री रवि शंकरले राखे विभिन्न छ विधामा विश्व कीर्तिमान

काठमाडौँ।

प्रथम विश्व ध्यान दिवसका दिन ‘द आर्ट अफ लिभिङ फाउन्डेसन’का संस्थापक एवं आध्यात्मिक गुरु श्री श्री रवि शंकरले ध्यान गराएरै विभिन्न छ विधामा विश्व कीर्तिमान कायम गरेका छन् ।

संयुक्त राष्ट्र संघले विश्व ध्यान दिवस घोषणा गरेको २१ डिसेम्बरका दिन भएको ध्यान कार्यक्रममा उनले विश्व रेकर्ड राखेका हुन् ।

उक्त दिन बेलुका सबा ८ बजे (नेपाली समय अनुसार) श्री श्री रविशंकरले अमेरिकाको न्युयोर्कबाट विश्वव्यापी ध्यान सत्र सञ्चालन गरेका थिए ।

अनलाइन माध्यमबाट प्रत्यक्ष प्रशारण भएको उक्त ध्यान सत्रमा विश्वभरबाट करिब ८५ लाख जनाले सहभागिता जनाएका थिए ।

एकैपटक यत्तिका मानिसले सहभागिता जनाएको यो सत्रलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले विश्व कीर्तिमानको मान्यता दिएको छ ।

यसैगरी सोही सत्रमा अरु पाँच वटा रेकर्ड समेत उनले राखेको द आर्ट अफ लिभिङ फाउण्डेशनले जनाएको छ ।

ती रेकर्डहरुमा १८० देशका नागरिकले एकैसमयमा ध्यानमा सहभागी भएको विश्व रेकर्ड, युट्युवमा २४ घण्टामा सिकाइएको ध्यान सम्बन्धी कार्यक्रमको भ्युज ।

युट्युवमै सबैभन्दा बढी लाइव दर्शक, अलनाइन ध्यान सत्रमा सबैभन्दा बढी सहभागी हुने दर्शक रहेको छ ।

यस्तै एक दिनमै भारतको सबै राज्यबाट सबैभन्दा बढी सहभागिता भएको संख्या लगायतका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register