आइएमईले दियो विजेता रोकायालाई एक करोड पुरस्कार

काठमाडौं ।  विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमीला रोकायालाई आइएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई १ करोडको चेक हस्तान्तरण गरिएको हो ।  कैलालीको गोदावरी नगरपालिका– ९ स्थित बल्मी टोलकी रोकायलाई शनिवार कैलाली पुगेर ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन […]

Dec 28, 2024 - 06:59
 0
आइएमईले दियो विजेता रोकायालाई एक करोड पुरस्कार

काठमाडौं । 

विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमीला रोकायालाई आइएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई १ करोडको चेक हस्तान्तरण गरिएको हो ।

 कैलालीको गोदावरी नगरपालिका– ९ स्थित बल्मी टोलकी रोकायलाई शनिवार कैलाली पुगेर ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन । चेक बुझेपछि प्रमिलाले आइएमईमार्फत रकम पठाउँदा प्राप्त भएको रकमबाट बुबा आमाका लागि घर बनाइदिने योजना बनाएको उनले बताइन । 

गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाण्डौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमीला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन । 

 आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको हो । आइएमईले एक वर्ष अघि विदेशमा कमाएको रकम औपचारिक माध्यम–आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । 

 सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गर्दै आएका थिए । आइएमई गरी आइएमई पे वालेट, बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन । आइएमईले  वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register