एनपीएल हेर्न क्रिकेट समर्थक आतुर, उद्घाटन खेलको टिकट ३ दिन अगाडि नै ‘सोल्ड आउट’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)का खेल हेर्न नेपाली क्रिकेट समर्थकहरु आतुर छन् । मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । तर, त्यसको तीन दिनअघि नै उक्त खेलको टिकट ‘सोल्ड आउट’ भएको छ । यही सोमबारदेखि टिकट बुकिङ खुला भएको […]

Nov 27, 2024 - 08:05
 0
एनपीएल हेर्न क्रिकेट समर्थक आतुर, उद्घाटन खेलको टिकट ३ दिन अगाडि नै ‘सोल्ड आउट’

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)का खेल हेर्न नेपाली क्रिकेट समर्थकहरु आतुर छन् ।

मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । तर, त्यसको तीन दिनअघि नै उक्त खेलको टिकट ‘सोल्ड आउट’ भएको छ । यही सोमबारदेखि टिकट बुकिङ खुला भएको थियो ।

टिकट ब्रिकेता खल्तीले उक्त खेलका लागि टिकट ‘सोल्ड आउट’ भइसकेको जनाएको छ । सिद्धार्थ बैंक जोन, जनरल जाने २, जनरल जाने ३ र भीआईपीतर्फको सबै टिकट बिक्री भइसकेको छ ।

त्रिवि क्रिकेट मैदानमा भीआईपी र सामान्यतर्फ गरी लगभग १२ हजार दर्शक क्षमता रहेको छ । उद्घाटन खेलमा टिकटको मूल्य साधारणतर्फ ३ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ तोकिएको छ ।

लिग अन्य खेलमा साधारणतर्फ ३ सय र भीआईपीतर्फ ५ सय टिकट मूल्य तोकिएको क्यानले जनाएको छ । लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ ।

यस्तै, प्लेअफ खेलमा साधारणतर्फ ५ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ ।

फाइनल खेलको ५ सय र एक हजार रुपैयाँ टिकट मूल्य तोकिएको क्यानले जनाएको छ । सिजनल पासको लागि साधारणतर्फ ४ हजार ४८० रुपैयाँ र भीआईपीतर्फ ८ हजार २४० रुपैयाँ मूल्य तिर्नुपर्नेछ ।

एनपीएल : नेपाली क्रिकेटमा युगान्तकारी सुरुवात

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register