‘केपी ओलीले भनेका व्यक्तिलाई बोर्ड अध्यक्ष नबनाउँदा सरकार ढल्यो’- पूर्व अर्थमन्त्री

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिकै विषयलाई लिएर सरकार ढालिएको आरोप लगाएका छन् । रोल्पाको माडी गाउँपालिकाको पार्टी अधिवेशनलाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् ।  उनले धितोपत्र बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको व्यक्तिलाई नियुक्त नगर्दा सरकार ढलेको बताएका छन् ।  त्यस्तै, पुनले त्यसबेला प्रधानमन्त्री ओलीले धितोपत्र बोर्डमा आफूले भनेको […]

Dec 1, 2024 - 13:29
 0
‘केपी ओलीले भनेका व्यक्तिलाई बोर्ड अध्यक्ष नबनाउँदा सरकार ढल्यो’- पूर्व अर्थमन्त्री

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिकै विषयलाई लिएर सरकार ढालिएको आरोप लगाएका छन् । रोल्पाको माडी गाउँपालिकाको पार्टी अधिवेशनलाई सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् । 

उनले धितोपत्र बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको व्यक्तिलाई नियुक्त नगर्दा सरकार ढलेको बताएका छन् । 

त्यस्तै, पुनले त्यसबेला प्रधानमन्त्री ओलीले धितोपत्र बोर्डमा आफूले भनेको व्यक्ति नियुक्त नगरेकै कारण सरकार ढलेको टिप्पणी गर्दै अहिले बिचौलियाकै डिजाइनमा तिनै व्यक्तिलाई बोर्डमा नियुक्त गरिएको आरोप लगाएका छन् । 

यतिसम्म कि पुनले वर्तमान सरकारले हालसम्म दलाल, बिचौलिया र तस्करहरुको स्वार्थमा मात्रै काम गरेको पनि आरोप लगाएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register