स्वदेश स्वतन्त्र तबला बादन प्रतियोगिताका विजयीहरु पुरस्कृत । (फोटो फिचर सहित )

Dec 25, 2024 - 02:20
Dec 25, 2024 - 02:34
 0
स्वदेश स्वतन्त्र तबला बादन प्रतियोगिताका विजयीहरु पुरस्कृत । (फोटो फिचर सहित )

पौष १०, काठमाडौं । स्वर्गीय स्वदेश सेढाईको २८ औं जन्म जयन्तिको अवसरमा अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीविच हिजो अच्युतराम भण्डारी संगीत प्रतिष्ठान गौरीघाट वडा नं ८ मा  प्रतिष्ठानको भवनमा  स्वतन्त्र तबला बादन प्रतियोगितामा विजयी तीनजना विद्यार्थीलाई नगद सहित पुरस्कृत गरिएको छ । 


सो पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथी रहनु भएकी बरिष्ठ अधिवक्ता सुभद्र्रा सिटौलाले स्वदेशको जन्म जयन्तिलाई जन्म उत्सवको रुपमा मनाउनु पर्नेमा जोड दिंदै संगीतले बच्चाहरुको प्रतिभा विकास गर्न सहयोग पुन्याउने बताउनु भयो । 


कार्यक्रमको शुरुमा अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा अध्ययनरत ससाना बालवालिकाहरुले राष्ट्रीय गीत प्रस्तुत गरेका थिए । 
सो प्रतियोगितामा जम्मा ९ जना विद्यार्थी  क्रमश : सुजल राजथला, देवाशु ढकाल, प्रनिश भक्त उप्रेती, भूमि प्रसाद शर्मा, सौगात बजगाँई, मौसम थपलिया, शुसिल पराजुली, ऋषि प्रसाद रिजाल र सत्कार थापाले भाग लिएका  थिए । 
भाग लिएका मध्ये सौगात बजगाँई प्रथम, सत्कार थापा दोस्रा र मौसम थपलिया तेस्रो भएका छन । प्रतियोगितामा प्रथम हुनेले नगद रु ७५५० सहित प्रमाण पत्र, दोस्रो हुनेले नगद रु ५५५० सहित प्रमाण पत्र र तेस्रो हुनेले नगद रु ३५५० सहित प्रमाण पत्र प्राप्त गरेका छन । 


कार्यक्रममा प्रथम सौगात बजगाँइलाई प्रमुख अतिथी सुभद्रा सिटौला , दोस्रो हुने सत्कार थापालाई स्वदेश फाउण्डेशन नेपालकी अध्यक्ष गंगा देवी उप्रेती र  तेस्रो हुने मौसम थपलियालाई डां ध्रुबेश चन्द्र रेग्मीले नगद सहित पुरस्कृत गर्नु भएको थियो । 


यसैगरी कार्यक्रममा बोल्र्दै  स्वदेश फाउण्डेशन नेपालकी अध्यक्ष गंगा देवी उप्रेतीले आफुले अल्यायुमै आफनो एकमात्र छोरा गुमाउनु पर्दाको पीडा आत्मसातत गर्दै कलिला छोराछोरीलाई अभिभावकले विदेश नपठाउन र अलिक परिपक्क भए पछि मात्र छोराछोरीलाई विदेश पठाउन अनुरोध गर्नु भयो । आफनो छोराले पनि शुरुमा पं अच्युतराम भण्डारीसंग तबला सिकेको र आज उ नभए पनि उसको जन्मदिनमा आफनो संस्थाले उसको नाममा तबला बादन प्रतियोगिता गर्न पाएकोमा आयोजक अच्युतराम भण्डारी प्रतिष्ठानलाई धन्यवाद दिनु भयो । 


कार्यक्रममा अच्युतराम भण्डारी संगीत प्रतिष्ठानका संरक्षक बरिष्ठ तबला बादक पं अच्युतराम भण्डारीले आफुसंग थोरै समय स्वर्गीय स्वदेश सेढाईले तबला बादन सिकेको र आफुले पछि गुरु पं होमनाथ उपाध्यायसंग तबला सिक्न स्वदेशलाई पुन्याएको स्मरण गर्नु भयो । 


कार्यक्रम पछि प्रमुख अतिथी सुभद्रा सिटौलालाई प्रतिष्ठानको तर्फबाट डा. ध्रुबेश चन्द्र रेग्मीले मायाँको चिनो प्रदान गर्नु भएको थियो । 
कार्यक्रममा  त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. धु्रबेशचन्द रेग्मीले म्युजिक थेरापी हो र यसबाट  मानसिक रोग र डिप्रेसनका  बिरामी पनि निको हुने बताउनु भयो । 


स्वतन्त्र तबला बादन प्रतियोगिताको निर्णायकमा पद्यकन्या क्याम्पसमा प्राध्यापक शान्ति बहादुर रायमाझी रहनु भएको थियो । 
स्वर्गीय स्वदेश सेढाईले बाल्यकालको शुरुवातमा पहिला तबलाको  शिक्षा  तबला गुरु पं अच्युतराम भण्डारीसंग लिएका थिए । स्वदेश सेढाईको २२ वर्षको अल्पायुमै अष्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिडनीमा  कम्युटर इन्जिनियर विषयमा अध्ययनकै क्रममा सन २०१९ जुलाईमा निधन भए पछि उहाँको परिवारले स्वदेशको नाममा वि.स.२०७७ साउनमा स्वदेश फाउण्डेशन नेपाल नामक संस्था  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गराएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register