हमास ३४ इजरायली बन्दी रिहा गर्न तयार

गाजा । हमासले इजरायलका २४ बन्दी रिहा गर्न सहमत भएको छ। इजरायलसँगको युद्ध विराम सम्झौताको एक भागको रूपमा ३४ बन्दीहरूलाई रिहा गर्न तयार रहेको जनाइएको हो। प्यालेस्टाइनी सञ्चारमाध्यमका अनुसार हमास युद्ध विरामको अवस्थामा ती बन्दी रिहा गर्न तयार रहेको जनाए पछि मध्यपूर्वमा शान्ति छाउन सक्ने अनुमान सुरु भएको छ । ‘गाजा स्ट्रिपमा शासन गर्ने प्यालेस्टिनी […]

Jan 6, 2025 - 06:13
 0
हमास ३४ इजरायली बन्दी रिहा गर्न तयार

गाजा ।

हमासले इजरायलका २४ बन्दी रिहा गर्न सहमत भएको छ। इजरायलसँगको युद्ध विराम सम्झौताको एक भागको रूपमा ३४ बन्दीहरूलाई रिहा गर्न तयार रहेको जनाइएको हो।

प्यालेस्टाइनी सञ्चारमाध्यमका अनुसार हमास युद्ध विरामको अवस्थामा ती बन्दी रिहा गर्न तयार रहेको जनाए पछि मध्यपूर्वमा शान्ति छाउन सक्ने अनुमान सुरु भएको छ ।

‘गाजा स्ट्रिपमा शासन गर्ने प्यालेस्टिनी समूहले बन्दीहरूलाई रिहा गर्न बन्दी आदानप्रदान सम्झौताको पहिलो चरणको एक भागको रूपमा अनुमोदन गरेको छ,’ अज्ञात हमास अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बन्दीको प्रारम्भिक आदानप्रदानमा गाजामा बन्दी रहेका मध्ये ३४ जना  महिला, बालबालिका, वृद्ध वृद्धा र बिरामी बन्दीहरू रहने जनाइएको छ । अब युद्ध विराम सम्झौता इजरायलको तर्फबाट स्थायी युद्ध विराम र गाजाबाट फिर्ता हुने सवालमा कस्तो धारणा राख्छ, अब कैदी आदान प्रदान सोही व्यवहारमा  निर्भर गर्ने जनाइएको छ।

उता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले आइतबार हमासले सम्भावित रिहाइका लागि बन्दीहरूको सूची उपलब्ध गराएको बताएको छ। कतारमा युद्ध विराम सम्झौताका लागि वार्ता भइरहेका बेला हमास र इजरायल दुवैतर्फबाट सो धारणा आएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register