कस्तो रहला तपाईंको आज ? हेर्नुहोस् राशीफल

मेष : काम बीचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ। स्वास्थ्यमा केही बाधा हुन सक्छ। शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न होला। साँझमा भने सफल यात्राको योग छ। वृष : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रतिस्पर्धामा सफल भइनेछ। अधुरा काम पुनः सुरु हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै [...] The post कस्तो रहला तपाईंको आज ? हेर्नुहोस् राशीफल appeared first on Jhapa Online.

Jan 7, 2025 - 02:00
 0
कस्तो रहला तपाईंको आज ? हेर्नुहोस् राशीफल

मेष : काम बीचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ। स्वास्थ्यमा केही बाधा हुन सक्छ। शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न होला। साँझमा भने सफल यात्राको योग छ।

वृष : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रतिस्पर्धामा सफल भइनेछ। अधुरा काम पुनः सुरु हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

मिथुन : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रोकिएका काम पूरा हुनेछन्। स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। नयाँ कार्य वा रोजगारीको अवसर आउला। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ।

कर्कट : धार्मिक यात्रा गर्ने अवसर जुर्नेछ। पारिवारिक भेटघाटमा रमाइनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला। तार्किक क्षमताको प्रभावले स्वरोजगार भइनेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य प्रारम्भ गर्दा सफल भइनेछ।

सिंह : अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ। विवेकले काम नगर्न सक्छ। खानपिनमा सचेत रहनु नै उचित हुन्छ। भ्रमण, खानपान तथा फेसनमा खर्च बढ्नेछ। घरायसी व्यवहारबाट टाढै बस्नु राम्रो होला।

कन्या : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आत्मबलमा वृद्धि र सन्तुष्टि प्राप्त हुनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। प्रेमीसँग कुनै न कुनै माध्यमबाट भेटघाट हुनेछ। वित्तीय संस्था र सेयर बजारबाट राम्रै सफलता मिल्न सक्छ।

तुला : यात्रा लाभदायक र मनोरञ्जनपूर्ण रहला। सभासमारोहमा सरिक हुने सम्भावना छ। प्रेम सम्बन्ध मधुर रहनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला।

वृश्चिक : इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। प्रेमीले भरपुर सहयोग गर्नेछन्। वैदेशिक कार्यमा सहजता मिल्नेछ।

धनु : मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। यात्रामा मालसामान हराउन सक्छ। साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

मकर : रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ। धार्मिक यात्राको योग छ। घुमफिरमा आकर्षण बढ्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ।

कुम्भ : बजार घुम्ने अवसर मिल्नेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउला।

मीन : अतिथिका रूपमा सम्मान पाइनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

२०८१ पुस २३ गते मंगलबार

The post कस्तो रहला तपाईंको आज ? हेर्नुहोस् राशीफल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register