भूकम्प अपडेटः त्रिविको परीक्षामा १५ मिनेट समय थप

काठमाडौँ । मंगलबार बिहान भूकम्पका कारण परीक्षा प्रभावित भएपछि त्रिविको परीक्षामा १५ मिनेट समय थप गरिएको छ । स्नातक तहको प्रथम वर्षको परीक्षामा मंगलबार १५ मिनेट समय थप गरिएको हो । परीक्षा सुरु हुनुअघि भूकम्प आएपछि परीक्षा हलमा बसिसकेका परीक्षार्थीहरु बाहिर निस्किएका थिए । प्रायः सबै परीक्षा केन्द्रमा भूकम्पको धक्का कारण परीक्षा प्रभावित भएपछि आज […]

Jan 7, 2025 - 04:23
 0
भूकम्प अपडेटः त्रिविको परीक्षामा १५ मिनेट समय थप

काठमाडौँ । मंगलबार बिहान भूकम्पका कारण परीक्षा प्रभावित भएपछि त्रिविको परीक्षामा १५ मिनेट समय थप गरिएको छ । स्नातक तहको प्रथम वर्षको परीक्षामा मंगलबार १५ मिनेट समय थप गरिएको हो ।

परीक्षा सुरु हुनुअघि भूकम्प आएपछि परीक्षा हलमा बसिसकेका परीक्षार्थीहरु बाहिर निस्किएका थिए ।

प्रायः सबै परीक्षा केन्द्रमा भूकम्पको धक्का कारण परीक्षा प्रभावित भएपछि आज (मंगलबार)को परीक्षामा १५ मिनेट समय थप गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

भूकम्पको धक्कापछि प्रभावित भएको परीक्षा केहीबेरमा सुरु भएको थियो । हाल परीक्षा चलिरहेको छ । मंगलबार बिहान ६ः५० बजे नेपाल–चीन सीमाना तिब्बतको दिंगे काउन्टी केन्द्रबिन्दु भएर ७ म्याग्नेच्युडको भूकम्प गएको थियो । त्यसले नेपालका प्रायः ठाउँमा धक्का महसुस गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register