शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरण सुरु

शिवसताक्षी, ८ पुस । झापाको शिवसताक्षी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम आइतबारबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिकाको वडा नं.०१ स्थित श्री लक्ष्मीनारायण माध्यमिक विद्यालयमा उद्घाटन गरी वडा नं. १ का अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको हो । जन्मजात तथा जन्मजात पश्चात हुने अपाङ्गगताका रोकथाम तथा न्युनिकरणका लागि [...] The post शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरण सुरु appeared first on Jhapa Online.

Dec 23, 2024 - 11:15
 0
शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरण सुरु

शिवसताक्षी, ८ पुस । झापाको शिवसताक्षी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम आइतबारबाट सुरु भएको छ ।

शिवसताक्षी नगरपालिकाको वडा नं.०१ स्थित श्री लक्ष्मीनारायण माध्यमिक विद्यालयमा उद्घाटन गरी वडा नं. १ का अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको हो ।

जन्मजात तथा जन्मजात पश्चात हुने अपाङ्गगताका रोकथाम तथा न्युनिकरणका लागि गएको आषाढ १२ गते कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, शिवसताक्षी नगरपालिकामा र करुणा फाउण्डेसन बीच त्रिपक्षीय सम्झौता भएको थियो ।

कार्यक्रमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरण शिविरमा कार्यक्रमको उद्घाटन गरेका छन् । उनले उद्घाटनको क्रममा बोल्दै सरकारले दिएको सेवा सुविधा अपाङ्गता भएका व्यक्तिहरुले पाउन भन्ने उद्देश्यले नै नगरपालिकाले शिविर सञ्चालन गरिएको जानकारी दिए ।

शिवसताक्षी नगरपालिका भित्रका कोही पनि अपाङ्गता भएका व्यक्तिहरु बन्चित हुनु नपर्ने गरी काम गर्नु पर्ने छ । उनले नगरका ११ वटै वडामा कार्यक्रम सञ्चालन गरिने भएकाले सबै वडाबासीले अपाङ्गता भएका व्यक्तिहरुलाई शिविरमा समावेश गराउने आग्रह गरेका छन् ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख तथा अपाङ्गता परिचय पत्र वितरणकी संयोजक नरमाया कार्कीले शिविरमा अपाङ्गता भएको व्यक्तिहरुको पहिचान गरी कार्ड वितरण गरिने बताइन् । उनले शिविरमा खडिएका डाक्टरहरुको टोलीले अपाङ्गगता भएका व्यक्तिहरुको पहिचान उहाँहरुको सिफारिसको आधारमा रातो, निलो, पहेलो र सेतो काड वितरण गरिने जानकारी दिइन् ।

अपाङ्गताको परिभाषा र वर्गीकरण, २०६३ अनुसार अपाङ्गता परिचयपत्रलाई गम्भीरताका आधारमा चार भागमा वर्गीकृत गरिएको छ । हरेक परिचयपत्रलाई छुट्टाछुट्टै रंग दिइएको छ र परिचयपत्र लिन आउने अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गताको गम्भीरताअनुसार निजलाई उपयुक्त ठहर गरिएको परिचयपत्र प्रदान गरिन्छ । यस्तो परिचयपत्र “क” वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिका लागि रातो रंगमा, “ख” वर्गमा पर्नेका लागि निलो रंगमा, “ग” वर्गमा पर्नेका लागि पहेँलो रंगमा र “घ” वर्गमा पर्नेका लागि सेतो रंगमा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

शिविरमा आँखा, कान, मनोविद, फिजियो थेरापी, मेडिकल पर्सन लगायतका ६ जना डाक्टरहरुको टोलीले सेवा दिएको करुणा फाउण्डेसनका सुरेन्द्र गिरीले जानकारी दिए । शिविरमा शिवसताक्षी नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मीहरु समेत खटिएका छन् ।

कार्यक्रममा वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ्ग शुभकामना मन्तव्य र नगरका कर्मचारी विमल बाँस्कोटाले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरपालिका सहकारी प्रमुख बद्री दाहालले गरेका थिए ।

कोशी प्रदेश सरकार शिवसताक्षी नगरपालिका र करुणा फाउन्डेसनको संयुक्त लगानीमा तीन वर्षसम्म कार्यक्रम सञ्चालन भएको छ । त्रिपक्षीय सम्झौता अनुसार अपाङ्गगता भएका व्यक्तिहरुको पहिचान र न्युनिकरण सम्बन्धी कार्यक्रमहरु ०८४ असार मसान्तसम्म चल्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

The post शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरण सुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register