पत्रकार मरासिनीसहित नौ जनालाई ‘जेसीज उत्कृष्ट युवा पुरस्कार–२०२४’

काठमाडौं ।  पत्रकार एवं लेखक गोविन्द मरासिनीसहित नौ  युवा जुनियर च्याम्बर इन्टरनेसनल नेपाल (जेसीज) ‘उत्कृष्ट युवा पुरस्कार–२०२४’बाट पुरस्कृत भएका छन्  ।  मरासिनीलाई पत्रकारिता र स्वतन्त्र लेखनकार्य मार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याएको योगदान स्वरूप ‘देशको प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रयास’ विधामा मरासिनीलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो । करिब डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल मरासिनीले […]

Dec 23, 2024 - 11:01
 0
पत्रकार मरासिनीसहित नौ जनालाई ‘जेसीज उत्कृष्ट युवा पुरस्कार–२०२४’

काठमाडौं ।

 पत्रकार एवं लेखक गोविन्द मरासिनीसहित नौ  युवा जुनियर च्याम्बर इन्टरनेसनल नेपाल (जेसीज) ‘उत्कृष्ट युवा पुरस्कार–२०२४’बाट पुरस्कृत भएका छन्  । 

मरासिनीलाई पत्रकारिता र स्वतन्त्र लेखनकार्य मार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याएको योगदान स्वरूप ‘देशको प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रयास’ विधामा मरासिनीलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो । करिब डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल मरासिनीले मुलतः युवा, पर्यटन, सामाजिक, कला र समसामयिक विषयमा विभिन्न राष्ट्रिय स्तरका पत्रिकाहरू र विभिन्न जर्नलमा अनुसन्धानात्मक लेख समेत लेख्दै आएका छन् । 

मरासिनीसँगै क्रिकेट खेलाडीद्वय करण केसी र रुविना क्षेत्री, साहित्यतर्फ कुमार सिंह, सामाजिक न्यायको क्षेत्रमा क्रियाशील कविता नेपाल, कलाकारितातर्फ पूर्णबहादुरको सारङ्गीका चर्चित कलाकार विजय बराल, आर्थिक क्षेत्रमा प्रगति गर्ने राहिव साहीवाला, विज्ञान प्रविधितर्फ कपिली खनाल र सङ्गीततर्फ सरोज श्रेष्ठ पुरस्कृत भए । मरासिनी यसअघि विभिन्न राष्ट्रिय र प्रदेशस्तरीय पुरस्कारबाट सम्मानित भईसकेका छन् । 

जेसीजले हरेक बर्ष राष्ट्रलाई उत्कृष्ट योगदान पुर्याउने १० युवालाई उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ ।  नेपाल जेसीजले सधैका बर्ष झै यस बर्षपनि पुरस्कार छनौट समिति बनाएर विभिन्न शाखाबाट सिफारिस उत्कृष्ट युवाहरुलाई छनौट गरी पुस्कृत गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए । स्याङ्जा निवासी मरासिनीलाई स्याङ्जाको भीरकोट जेसीजले उक्त पुरस्कारका लागि सिफारिस गरेको थियो । 

पुरस्कृत युवालाई जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्की र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष पोखरेलले प्रमाणपत्र, नगद पुरस्कार र मेडलसहित पुरस्कृत गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register