भगवती माविको ६२ औं वार्षिकोत्सवमा ६ जना सम्मानित

शिवसताक्षी, ३० माघ । झापा शिवसताक्षी ७, व्याङ्गडाँडा स्थित भगवती माध्यमिक विद्यालयले ६२ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले वार्षिकोत्सव कार्यक्रमकै अवसरमा पारेर एक अवकाश प्राप्त गरी ४ जना शिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयमा लामो समय अध्यापन गराई अनिवार्य अवकास प्राप्त नारादमणि न्यौपानेलाई विद्यालयले सम्मान गरेको विद्यालयका प्रअ रमेशकुमार दाहालले जानकारी दिए । त्यस्तै [...] The post भगवती माविको ६२ औं वार्षिकोत्सवमा ६ जना सम्मानित appeared first on Jhapa Online.

Feb 12, 2025 - 15:04
 0
भगवती माविको ६२ औं वार्षिकोत्सवमा ६ जना सम्मानित

शिवसताक्षी, ३० माघ । झापा शिवसताक्षी ७, व्याङ्गडाँडा स्थित भगवती माध्यमिक विद्यालयले ६२ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले वार्षिकोत्सव कार्यक्रमकै अवसरमा पारेर एक अवकाश प्राप्त गरी ४ जना शिक्षकहरुलाई सम्मान गरेको छ ।

विद्यालयमा लामो समय अध्यापन गराई अनिवार्य अवकास प्राप्त नारादमणि न्यौपानेलाई विद्यालयले सम्मान गरेको विद्यालयका प्रअ रमेशकुमार दाहालले जानकारी दिए । त्यस्तै विद्यालयले स्वच्छिक अवकास लिएका गोरखमान पौडेल, निजी स्रोतबाट अध्यापन गराउने सुष्मा सापकोटा र अञ्जु पौडेललाई पनि सम्मान गरेको छ ।

विद्यालयले शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष मणीप्रसद खड्का, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बुद्धिप्रसाद लक्समलाई पनि सम्मान गरेको प्र.अ. दाहालले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र नं. ४ (ख)का प्रदेश सांसद भक्तीप्रसाद सिटौलाले विद्यालयमा शैक्षिक गुणस्तर र विद्यार्थीहरुको हितमा काम गर्ने हो भने, विद्यालयमा गठन गरिएको राजीतिक दलका संगठन खारिज गर्नु पर्ने बताए ।

उनले आफुले पनि विद्यार्थी कालमा राजीतिक गरेको सम्झदै भने, राजनीतिक स्कुलिङबाट आएको व्यक्ति शिक्षक बन्दा कही कही पार्टीको झोला बोकेर विद्यालय छिर्ने र विद्यालयमा राजीतिक सुरु गर्ने प्रचलन रहेको जिकिर गरे । उनले भने, मैले पनि विद्यार्थी राजीतिक गरेको आज पश्चताप महशुष गरेको छु । त्यो बेला पार्टीको राजीतिक साथीहरुलाई सिकाए त्यो गलत रहेछ ।

उनले शिक्षकहरुप्रति लक्षित गर्दै भने, विद्यालयमा राजीतिक गर्ने हो, भने शिक्षाको गुणस्तर बृद्धिका लागि गर्नुहोस्, । विद्यालयको भौतिक, आर्थिक विकास लागि गर्नुहोस् । एउटा अबोध बालबालिका जुन शिक्षा पहिलो खुड््किलोलागि विद्यालय प्रवेश गर्छ । त्यस्ता विद्यार्थीहरुमाथि राजनीतिक नगर्न नगराउन उनले सुझाब दिए ।

कार्यक्रममा विद्यालयले विभिन्न शिर्षकमा राखिएका छात्रबृत्ती तथा अक्षयकोष वितरण गरेको छ । विद्यालयमा स्थापना गरिएको रोजिन भण्डारी स्मृति शिक्षा प्रोत्सहान पुरस्कारबाट कक्षा ५ र ७ उत्कृष्ट तीन विद्यार्थीलाई जनही ५१ सयका दरले पुरस्कार प्रदान गरिएको छ । त्यस्तै टिकाराम खड्का स्मृति अक्षयकोद्वारा बार्षिकोत्सवमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम उत्कष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ ।

बलबहादुर अधिकारी र पवित्रादेवी अधिकारीको स्मृतिमा प्रोत्सहान पुरस्कार स्वरुप कक्षा ११ का उत्कृष्ट विद्यार्थीलाई जनही २५ सयका दरले पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी स्व. पुष्पलाल खतिवडा तथा गंगादेवी खतिवडा शैक्षिक पुरस्कार राशी २०८० सालको एस ईई परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गरी हाल कक्षा ११ मा अध्ययन गर्ने ५ जना विद्यार्थीहरुलाई जनही १० हजारका दरले पुरस्कार राशी प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले जातिय भेदभाव र बालविवाह विरुद्ध नाटक मञ्चन गरेका थिए । बार्षिकोत्सवको अवसरमा विद्यालयका शिक्षिका तथा विद्यार्थीहरु उत्कृष्ट नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका वर्तमान तथा पूर्व अध्यक्षहरु, सामाजिक व्यक्तित्वहरु, अभिभावकहरुलगायतको उपस्थिति रहेको थियो ।

The post भगवती माविको ६२ औं वार्षिकोत्सवमा ६ जना सम्मानित appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register