रावल, पाण्डे र तिम्सिनाको कारबाहीपछि शंकर पोखरेलले मागे एआईको धारणा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको कारवाहीपछि पार्टी अनुशासनबारे एआईको धारणा मागेका छन् । बुधबार पार्टीका नेताहरूको कारबाहीपछि महासचिव पोखरेलले पार्टी अनुशासनबारे एआईको धारणा भन्दै ६ बुँदे धारणा सामाजिक संजाल फेसबुकमा सेयर गरेका छन् । एआईको सहायता लिँदै पोखरेलले लेखेका छन्, ‘अनुशासनले पार्टीका सदस्यहरूलाई पार्टीका नियम, आदर्श […]

Dec 25, 2024 - 15:59
 0
रावल, पाण्डे र तिम्सिनाको कारबाहीपछि शंकर पोखरेलले मागे एआईको धारणा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको कारवाहीपछि पार्टी अनुशासनबारे एआईको धारणा मागेका छन् ।

बुधबार पार्टीका नेताहरूको कारबाहीपछि महासचिव पोखरेलले पार्टी अनुशासनबारे एआईको धारणा भन्दै ६ बुँदे धारणा सामाजिक संजाल फेसबुकमा सेयर गरेका छन् ।

एआईको सहायता लिँदै पोखरेलले लेखेका छन्, ‘अनुशासनले पार्टीका सदस्यहरूलाई पार्टीका नियम, आदर्श र लक्ष्यअनुसार सञ्चालन गर्न प्रेरित गर्छ ।’

उनले  पार्टीमा अनुशासनको महत्त्व अत्यन्तै उच्च रहने बताउँदै संगठनको सफलता र स्थिरता अनुशासनमा आधारित हुने बताएका छन् ।

बुधबार बसेको एमाले सचिवालय बैठकले भीम रावललाई संगठित सदस्यबाट हटाएको छ। स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट हटाएको छ ।

एआईको सहायतामा उनले  पार्टीमा अनुशासनका  ६ महत्त्व दर्शाएका छन् ।

१. संगठनात्मक एकता कायम राख्न:

अनुशासनले सबै सदस्यहरूलाई एउटै लक्ष्यतर्फ केन्द्रित गराउँछ, जसले पार्टीमा एकता र सहकार्यलाई मजबुत बनाउँछ ।

२. पारदर्शिता र विश्वसनीयता:

अनुशासित सदस्यहरूले पार्टीका नियम र नैतिकतामा विश्वास गरेर कार्य गर्छन्, जसले पार्टीलाई जनतामा विश्वसनीय बनाउँछ ।

३. नेतृत्वलाई बलियो बनाउन:

अनुशासनका कारण नेतृत्वलाई निर्णय लिन र रणनीति लागू गर्न सजिलो हुन्छ । अनुशासन नभए नेतृत्व कमजोर हुन्छ ।

४. सामाजिक सन्देशको प्रवाह:

अनुशासित पार्टीले समाजमा सकारात्मक सन्देश दिन्छ र नागरिकहरूलाई अनुकरणीय उदाहरण प्रस्तुत गर्छ ।

५. द्वन्द्व व्यवस्थापन:

अनुशासनले पार्टीभित्र हुने आन्तरिक विवादहरूलाई नियन्त्रण गर्न र समाधान गर्न सहयोग पुर्याउँछ।

६. लक्ष्यप्राप्ति:

पार्टीका सदस्यहरू जब अनुशासनमा रहेर काम गर्छन्, तब उनीहरूले निश्चित समयमा लक्ष्य हासिल गर्न सक्छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register