बढ्दो उमेरसँगै छालाको ध्यान कसरी राख्ने ?

काठमाडौं । ९० का दशकका धेरै अभिनेत्री अहिले पनि सुन्दर र जवान छन् । उमेरअनुसार उनीहरूको अनुहार धेरै जवान देखिन्छ । आखिर यी अभिनेत्रीहरूले आफ्नो सुन्दरतालाई कसरी कायम राखेका छन् ? यसबारे जानौँ । उमेर जुनसुकै होस् तर नियमित स्किनकेयर रुटिन अनुसरण गर्नु सबैका लागि अत्यन्त महत्त्वपूर्ण छ । सबैभन्दा पहिले हरेक व्यक्तिले क्लिन्जिङ, टोनिङ, […]

May 20, 2025 - 08:30
 0
बढ्दो उमेरसँगै छालाको ध्यान कसरी राख्ने ?

काठमाडौं । ९० का दशकका धेरै अभिनेत्री अहिले पनि सुन्दर र जवान छन् । उमेरअनुसार उनीहरूको अनुहार धेरै जवान देखिन्छ । आखिर यी अभिनेत्रीहरूले आफ्नो सुन्दरतालाई कसरी कायम राखेका छन् ? यसबारे जानौँ ।

उमेर जुनसुकै होस् तर नियमित स्किनकेयर रुटिन अनुसरण गर्नु सबैका लागि अत्यन्त महत्त्वपूर्ण छ । सबैभन्दा पहिले हरेक व्यक्तिले क्लिन्जिङ, टोनिङ, मोइस्चुराइरिङ (CTM Rule) अनुसरण गर्नुपर्छ । यो एक आधारभूत स्किनकेयर रुटिन हो, जसले छालालाई सफा र हाइड्रेटेड राख्छ । दिनमा दुई पटक सीटीएम नियम अन्तर्गत अनुहार सफा गर्नुहोस् ।

आफ्नो उमेरअनुसार रेटिनोल, हायलुरोनिक एसिड वा भिटामिन सी युक्त सिरम प्रयोग गर्न पनि समयमै सुरु गर्नुहोस् । यसले तपाईंको अनुहारमा बढ्दो उमेरका लक्षणहरू देखिनबाट जोगाउँछ । यी सबैबाहेक सनस्क्रिन आफूसँगै राख्ने गर्नुहोस् र हरेक तीनदेखि चार घण्टामा यसको प्रयोग गर्नुहोस् ।

कम मेकअप गर्नुहोस्

अभिनेत्रीहरूले सुटिङको समयमा जतिसुकै मेकअप गरे पनि अरू समयमा उनीहरू मेकअप लगाउँदैनन् । मेकअपको प्रयोग त्यसपछि उनीहरूले त्यति बेला मात्र गर्छन्, जब उनीहरूलाई कतै जानु परेको हुन्छ वा सुटिङ गर्नुपर्ने हुन्छ ।

यदि मेकअप गरिरहनुभएको छ भने सुत्नु अघि त्यसलाई राम्रोसँग सफा गर्नु अत्यन्त आवश्यक छ । तपाईं मेकअपसहित सुत्नुभयो भने यसको प्रभाव तपाईंको छालामा पर्नेछ । उच्च गुणस्तरको र आफ्नो छालालाई सुहाउँदो मेकअप सामाग्री किन्नुहोस् ।

छालाको उपचार

एक निश्चित उमेर पछि छालाको उपचार गर्नु आवश्यक हुन्छ । धेरै अभिनेत्रीहरू पनि यस्तै गर्छन् । यी उपचारहरूमा माइक्रोडर्माब्रेसन, केमिकल पिल, फेसियल मसाज समावेश छन् ।

यदि तपाईं पनि यस्तै केही उपचार गर्ने योजना बनाइरहनुभएको छ भने डर्माटोलोजिस्टबाट पहिले आफ्नो छालाको जाँच गरेर मात्र प्रक्रिया अघि बढाउनुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register