रावलको आरोप : ओलीले सौराहामा म बसेको होटलबाहिर रक्सी खुवाएर केटाहरुलाई नाराबाजी गर्न लगाए
काठमाडौं । नेता डा. भीम रावलले चितवनमा भएको नेकपा एमालेको दशौं महाधिवेशनमा केपी शर्मा ओलीले केही युवालाई रक्सी खुवाएर आफू बसेको होटलबाहिर नाराबाजी गर्न लगाएको आरोप लगाएका छन् । बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘उद्घाटन सत्रको अघिल्लो दिनको साँझ म सौराहा पुगेको थिएँ । बस्ने ठाउँको […]

काठमाडौं । नेता डा. भीम रावलले चितवनमा भएको नेकपा एमालेको दशौं महाधिवेशनमा केपी शर्मा ओलीले केही युवालाई रक्सी खुवाएर आफू बसेको होटलबाहिर नाराबाजी गर्न लगाएको आरोप लगाएका छन् ।
बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘उद्घाटन सत्रको अघिल्लो दिनको साँझ म सौराहा पुगेको थिएँ । बस्ने ठाउँको अतोपतो थिएन । उहाँ (केपी ओली)ले आफ्ना पक्षधरलाई भने रोजेको खोजेको व्यवस्था गर्नु भएको थियो । म आफ्नै व्यवस्थाले बसेको होटलबाहिर रक्सी खुवाएर केटाहरुलाई नाराबाजी गर्न लगाइयो । मेरो आग्रहमा सशस्त्र प्रहरी बलले उनीहरुलाई हटायो ।’
आफूविरुद्ध त्यसरी कथित रुपमा नाराबाजी गर्न लगाउनु गलत भएको उनको भनाइ छ ।
What's Your Reaction?






