लेबनानमा फर्किएनन् इजरायली सेना
काठमाडौं । इजरायली सेनाहरू दक्षिणी लेबनानबाट फिर्ता हुने म्याद सकिँदा पनि फर्किएका छैनन् । यसबाट युद्धविराम सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएको प्रस्ट देखिएको हिजबुल्लाहले बताएको छ । अमेरिका र फ्रान्सको सहयोगमा इजरायल र हिजबुल्लाहबीच १४ महिना लामो द्वन्द्व अन्त्य भएको सम्झौता भएको थियो । यस सम्झौताअन्तर्गत दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुने र उक्त क्षेत्रबाट […]

काठमाडौं । इजरायली सेनाहरू दक्षिणी लेबनानबाट फिर्ता हुने म्याद सकिँदा पनि फर्किएका छैनन् ।
यसबाट युद्धविराम सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएको प्रस्ट देखिएको हिजबुल्लाहले बताएको छ ।
अमेरिका र फ्रान्सको सहयोगमा इजरायल र हिजबुल्लाहबीच १४ महिना लामो द्वन्द्व अन्त्य भएको सम्झौता भएको थियो ।
यस सम्झौताअन्तर्गत दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुने र उक्त क्षेत्रबाट हिजबुल्लाह लडाकु र हतियार हटाउन शर्तहरू राखिएको छ।
थपरूपमा हजारौं लेबनानी सेनाहरू यस क्षेत्रमा तैनाथ गरिनेछ, जहाँ दशकौंदेखि हिजबुल्लाहको प्रमुख शक्ति रहेको छ।
तर, इजरायली सेनाहरूले सो भूमि नछोडेर सम्झौता कार्यान्वयनमा ढिलाइ गरेको बीबीसीको समाचारमा उल्लेख छ ।
What's Your Reaction?






