ओलीलक्षित रावलको व्यङ्ग्यात्मक कविता – तथ्य र सत्य घोच्दछ तिम्लाई, के भयो भनन !
काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले व्यङ्ग्यात्मक कवितामार्फत केपी शर्मा ओलीलाई जवाफ दिएका छन् । बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन सुरु हुनुअघि उनले कविता वाचन गरेका हुन् । उनको कविता – सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि, गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि तथ्य र सत्य […]

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले व्यङ्ग्यात्मक कवितामार्फत केपी शर्मा ओलीलाई जवाफ दिएका छन् ।
बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन सुरु हुनुअघि उनले कविता वाचन गरेका हुन् ।
उनको कविता –
सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि,
गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि
तथ्य र सत्य घोच्दछ तिम्लाई, के भयो भनन
के दियौ देशलाई घरिना हुँदा कुरा त सुनन
सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ ?
रातदिन केवल सत्ताको हिसाब लुब्ध भई गन्दछौ
चामल र ढुङ्गा उस्तै हो भन्छौ स्वार्थको बगरमा
फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा
भनन भन, तृप्ति तिमीलाई कहिले हुने हो
भ्रष्ट आचार बेलगाम कृते असह्य हुने भो
सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो
पाखण्ड तन्त्र अवसर तन्त्र अब त धेरै पो
यहाँ मातृभूमि चित्कार गर्छिन्, अटट्हाँस गर्दछौँ
स्वाधीनता गौरव जोगाउनुपर्दा लुसुक्क पर्दछौँ
नठान यहाँ स्वाभिमान हाम्रो मरेर जानेछ
शक्तिको उन्माद सबैलाई अब खर्लप्प खानेछ ।
What's Your Reaction?






