प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन

काठमाडौं । नेकपा एमालेको भातृ सङ्गठन प्रेस चौतारी नेपालको राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ । चौतारीको बुधवार बसेको दसौँ सचिवालयको बैठकले केन्द्रीय महाधिवेशनको मिति आगामी फागुन २३, २४ र २५ गतेको लागी कोसी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले सङ्गठनको दसौँ महाधिवेशन तयारीको लागी विभिन्न उपसमितिसमेत […]

Jan 1, 2025 - 14:49
 0
प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन

काठमाडौं ।

नेकपा एमालेको भातृ सङ्गठन प्रेस चौतारी नेपालको राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ ।

चौतारीको बुधवार बसेको दसौँ सचिवालयको बैठकले केन्द्रीय महाधिवेशनको मिति आगामी फागुन २३, २४ र २५ गतेको लागी कोसी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको छ ।

चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले सङ्गठनको दसौँ महाधिवेशन तयारीको लागी विभिन्न उपसमितिसमेत गठन गरेको छ ।

महाधिवेशन मूल आयोजक समितिको संयोजक अध्यक्ष बस्नेत आफै रहनुभएको छ भने राजनैतिक तथा साङ्गठनिक प्रतिवेदन लेखनको जिम्मा उपाध्यक्ष द्वय गणेश पाण्डे र राजेश राई तथा महासचिव हिरामान लामा रहेको उपसमिति गठन गरेको छ । महाधिवेशनको प्रचार प्रसार उपसमिति संयोजक उपाध्यक्ष देवीका घर्ती मगरलाई तोकिएको छ । त्यस्तै स्थानीय व्यवस्थापनको जिम्मा कोसी प्रदेश इन्चार्ज तथा सचिव विक्रम लुइँटेललाई जिम्मेवारी ताकिएको छ ।

बैठकलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले चौतारीको नेतृत्व सर्वसम्मत चयन हुने बताए । उनले सङ्गठनले पत्रकार महासङ्घमा हासिल गरेको उपलब्धिलाई शक्तिमा बदल्दै बलियो सङ्गठन निर्माणमा लाग्न आग्रह गरे ।

त्यस्तै बैठकका प्रमुख अतिथि एवम् जनसङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले महाधिवेशन घोषण गर्ने चौतारी दोस्रो जनसङ्गठन रहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register