बीआरआई नेपालको हितमा रहेको दाबी गर्दै झलनाथले भने– ऋण लिन हुँदैन भन्नु पुराना अवधारणा हुन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले राष्ट्रिय हितलाई ध्यानमा राखेर चीनको परियोजना बीआरआईमा प्रस्ताव लैजानुपर्ने बताएका छन् । काठमाडौंमा बुधबार नीति अनुसन्धान संस्थाको आयोजनामा भएको नेपालमा बीआरआई परियोजना कार्यान्वयनको सम्भावना विषयक अन्तरक्रियामा नेता खनालले बीआरआई नेपालको हितमा रहेको दाबी पारे । बीआरआईले विश्व उत्साहित भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले […]

Jan 2, 2025 - 00:29
 0
बीआरआई नेपालको हितमा रहेको दाबी गर्दै झलनाथले भने– ऋण लिन हुँदैन भन्नु पुराना अवधारणा हुन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले राष्ट्रिय हितलाई ध्यानमा राखेर चीनको परियोजना बीआरआईमा प्रस्ताव लैजानुपर्ने बताएका छन् ।

काठमाडौंमा बुधबार नीति अनुसन्धान संस्थाको आयोजनामा भएको नेपालमा बीआरआई परियोजना कार्यान्वयनको सम्भावना विषयक अन्तरक्रियामा नेता खनालले बीआरआई नेपालको हितमा रहेको दाबी पारे ।

बीआरआईले विश्व उत्साहित भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले आवश्यकताका आधारमा बीआरआईका परियोजना अघि बढाउनुपर्ने बताए । उनले भने, ‘ऋण लिन हुँदैन भन्नु पुराना अवधारणा हुन्, आवश्यकताका आधारमा परियोजना अघि बढाउन सकिन्छ ।’

उनले बीआरआईका विषयमा नेपाली जनताले गहिराइमा पुगेर बुझ्न जरुरी रहेको बताए । दुई छिमेकीमुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्न जरुरी रहेको औँल्याउँदै उनले बीआरआईलाई विवादको विषय नबनाउन अनुरोध गरे ।

हाल विश्वको ७५ प्रतिशत जनसङ्ख्या बीआरआईभित्र परेको जानकारी गराउँदै पूर्वप्रधानमन्त्री खनालले हालसम्म तीन हजार परियोजनामा सम्झौता भइसकेको जानकारी दिए । एक सय ५० भन्दा बढी मूलुक यसमा जोडिइसकेको उल्लेख गर्दै उनले विश्वव्यापी रूपमा भइरहेको विकासले बीआरआई महत्वपूर्ण परियोजना हो भनेर पुष्टि भएको दाबी गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register