ओलीसँग फलदायी भेटघाट भयो – मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीसँग फलदायी भेटघाट भएको बताएका छन् । थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भएको भेटपछि मोदीले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिने पनि बताएका छन् । मोदीले भने, “बैङ्ककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेटघाट भयो । भारतले नेपालसँगको सम्बन्धलाई […]

Apr 4, 2025 - 11:58
 0
ओलीसँग फलदायी भेटघाट भयो – मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीसँग फलदायी भेटघाट भएको बताएका छन् ।

थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भएको भेटपछि मोदीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिने पनि बताएका छन् ।

मोदीले भने, “बैङ्ककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेटघाट भयो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिन्छ । हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरूमा छलफल गर्यौं, विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा ।”

साथै, बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू, विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा भएको उनले बताए ।

मोदीसँग ४५ मिनेट वार्ता गरेपछि ओलीले भने – राम्रो कुराकानी भयो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register