अमेरिकामा अशान्ति : न्यू अर्लिन्सपछि ट्रम्प होटलबाहिर पनि विस्फोट, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो समयमा विश्वकै शक्तिशाली देश अमेरिकामा अशान्ति छाएको छ । निरन्तर ‘आतंकवादी’ घटना भइरहेका छन् । न्यू अर्लिन्समा भएको आक्रमणको एक दिनपछि लस भेगासस्थित ट्रम्प होटलबाहिर टेस्ला साइबर ट्रकमा विस्फोट भएको छ । बिहीबार बिहान भएको विस्फोटबाट चालकको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएको बीबीसीको समाचारमा उल्लेख छ । बुधबार ट्रक […]

Jan 2, 2025 - 04:14
 0
अमेरिकामा अशान्ति : न्यू अर्लिन्सपछि ट्रम्प होटलबाहिर पनि विस्फोट, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो समयमा विश्वकै शक्तिशाली देश अमेरिकामा अशान्ति छाएको छ । निरन्तर ‘आतंकवादी’ घटना भइरहेका छन् ।

न्यू अर्लिन्समा भएको आक्रमणको एक दिनपछि लस भेगासस्थित ट्रम्प होटलबाहिर टेस्ला साइबर ट्रकमा विस्फोट भएको छ ।

बिहीबार बिहान भएको विस्फोटबाट चालकको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएको बीबीसीको समाचारमा उल्लेख छ ।

बुधबार ट्रक होटल अगाडिको सिसाको ढोकामा रोकिएको प्रहरीले जनाएको छ । त्यही क्रममा धुवाँ निस्कन थालेको थियो र केहीबेरमा विस्फोट भएको थियो ।

अमेरिकी धनाढ्य एलन मस्कले टेस्ला साइबर ट्रकमा भएको विस्फोट र न्यू अर्लिन्सको घटना कुनै न कुनै रूपमा सम्बन्धित हुनसक्ने बताए ।

यता अमेरिकी राष्ट्रपति जो बाइडनले भने पत्रकार सम्मेलन गरेर यी दुई घटनाबीच कुनै सम्बन्ध नभएको बताएका छन् ।

अमेरिकाको न्यू अर्लिन्समा पिक–अप ट्रकले मानिसलाई किचेको घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । यस्तै ३५ जना घाइते भएका छन् ।

न्यू अर्लिन्सको लोकप्रिय बोर्बोन स्ट्रिटमा बुधबार बिहान नयाँ वर्षको चहलपहलका क्रममा एक ट्रक भीडमा घुसेको थियो । अनि मानिसहरूलाई लखेट्दै किचेको थियो ।

सम्बन्धित समाचार :

‘आतंकवादी’ आक्रमणबारे ट्रम्पको प्रतिक्रिया– मेरो भनाइलाई डेमोक्रेटिक पार्टी र फेक मिडियाले खारेज गरेका थिए

अमेरिकामा भीडमा पिक-अप ट्रक कुदाएको घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो, ३५ जना घाइते

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register