युरोपको नजरमा क्रिस्टियानो जुनियर : अनुबन्धको प्रयासमा बाबुका दुई पूर्वक्लब
काठमाडौं । पोर्चुगिज सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो जुनियर अहिले चर्चामा छन् । पोर्चुगलको यू–१५ राष्ट्रिय टोलीबाट खेलेसँगै उनी चर्चामा आएका हुन् । यस क्रममा उनले क्रोएसियाविरुद्ध दुई गोल गरे । यू–१५ प्रतियोगिताको फाइनलमा क्रोएसियालाई ३–२ गोलअन्तरले हराएर पोर्चुगलले उपाधि जित्यो । यसरी क्रिस्टियानो जुनियरले पहिलो प्रयासमै उपाधि जित्न सफल भए । यससँगै यसलाई […]

काठमाडौं । पोर्चुगिज सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो जुनियर अहिले चर्चामा छन् । पोर्चुगलको यू–१५ राष्ट्रिय टोलीबाट खेलेसँगै उनी चर्चामा आएका हुन् । यस क्रममा उनले क्रोएसियाविरुद्ध दुई गोल गरे ।
यू–१५ प्रतियोगिताको फाइनलमा क्रोएसियालाई ३–२ गोलअन्तरले हराएर पोर्चुगलले उपाधि जित्यो । यसरी क्रिस्टियानो जुनियरले पहिलो प्रयासमै उपाधि जित्न सफल भए । यससँगै यसलाई लिएर उनका बाबु रोनाल्डोले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरे ।
युरोपका ठूला क्लबको नजर
भर्खरै १४ वर्ष मात्र पुगेका क्रिस्टियानो जुनियर हाल साउदी अरेबियाको क्लब अल–नासरको जुनियर टोलीमा आबद्ध छन् । यद्यपि उनीमाथि युरोपका धेरै क्लबले अनुबन्धका लागि आँखा लगाएका छन् । यद्यपि अहिलेसम्म कुनै औपचारिक निर्णय सार्वजनिक भएको छैन ।
तर स्रोतहरूले कम्तीमा दुई क्लबले उनीमाथि नजर लगाएको दाबी गरेका छन् । ती दुई टोली इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियल म्याड्रिड हुन् ।
युरोपका यी दुवै धनी र ठूला क्लबबाट बुवा रोनाल्डोले खेलिसकेका छन् । यी दुवै क्लबमा बुवा रोनाल्डो सफल भएका थिए । यसैले ती क्लबको नजर छोराप्रति पनि परेको बताइएको छ ।
आफ्नो बाटो आफैँ बनाउँदै
विश्वकै महान फुटबल खेलाडीमध्ये एक रोनाल्डोका छोराले क्रिस्टियानो जुनियर बुवाले इतिहास रचेका क्लबहरूमा अनुबन्धको सम्भावनाले समर्थकलाई उत्साहित बनाएको छ ।
‘पारिवारिक सम्बन्धभन्दा पर गएर हेर्दा पनि क्रिस्टियानो जुनियरले गरेको प्रदर्शन रिपोर्टहरूले उनीसँग आफ्नै विशिष्ट क्षमता रहेको देखाएको छ । जसले गर्दा उनी भविष्यमा नजर राख्नुपर्ने प्रतिभा बन्ने सम्भावना बलियो छ,’ स्पेनिस पत्रिका मार्काको समाचार विश्लेषणमा भनिएको छ ।
What's Your Reaction?






