तपाईंको आजको राशीफल (२०८१ पुस २० गते शनिबार)

मेष : नयाँ जिम्मेवारी पाइएला। आफन्त र मित्रवर्गले सहयोग गर्नेछन्। खेलकुद तथा साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको भने ख्याल गर्नु पर्नेछ। वृष : समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रविधिमार्फत टाढाका नातागोता [...] The post तपाईंको आजको राशीफल (२०८१ पुस २० गते शनिबार) appeared first on Jhapa Online.

Jan 4, 2025 - 01:12
 0
तपाईंको आजको राशीफल (२०८१ पुस २० गते शनिबार)

मेष : नयाँ जिम्मेवारी पाइएला। आफन्त र मित्रवर्गले सहयोग गर्नेछन्। खेलकुद तथा साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको भने ख्याल गर्नु पर्नेछ।

वृष : समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट होला।

मिथुन : रोकिएका काम पूरा हुनेछन्। विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्ला। प्राविधिक र वैदेशिक काम भने रोकिन सक्छ।

कर्कट : दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुपर्छ। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्। सामाजिक कार्यबाट सफलता मिल्नेछ।

सिंह : नयाँ कार्यको योजना बन्नेछ। शुभ कार्यको चर्चा पनि चल्नेछ। मान सम्मान बढ्नुका साथै शरीरमा स्फूर्ति बढ्नेछ। महत्त्वपूर्ण भूमिकाको निर्वाह गरिनेछ। अल्छीपनाले भने बिगार्न सक्छ, सचेत रहनु होला।

कन्या : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। साँझमा भने कलहको योग भएकाले जोगिएर व्यवहार गर्नु होला। आफूलाई कमजोर भएको अनुभूति हुन सक्छ।

तुला : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। कहीँकतैबाट उपहार प्राप्त होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। दौडधुप गर्नुपरे राम्रै लाभ हुनेछ।

वृश्चिक : काम बिगार्नेहरूको कमी हुने छैन। नियमित खर्चसमेत बढ्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आलस्य तथा थकानको अनुभूति होला। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु नै उचित हुन्छ। वैदेशिक कार्य भने अघि बढ्नेछ।

धनु : बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। आत्मबल बढ्ने र प्रेम सम्बन्धमा मधुरता छाउनेछ। परोपकारजन्य कार्यमा लगाव बढ्नेछ। धन सञ्चयको अवसर प्राप्त होला। स्वास्थ्यप्रति भने बढी नै सजग रहनुपर्ने देखिन्छ।

मकर : स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। ज्ञानमा वृद्धि हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

कुम्भ : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्तम छ। प्रेमीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ।

मीन : सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नमिल्ला। मनमा दुबिधा उत्पन्न हुनेछ। काम बिगार्न चाहनेहरू अगाडि बढ्नेछन्। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ।

The post तपाईंको आजको राशीफल (२०८१ पुस २० गते शनिबार) appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register