गोलीकाण्डपछि सलमान खानले ग्यालेक्सी अपार्टमेन्टमा राखे बुलेटप्रुफ झ्याल

मुम्वई । बलिउड अभिनेता सलमान खानले आफ्नो घर नजिकै भएको गोलीकाण्डको आठ महिनापछि मुम्बईको बान्द्रास्थित आफ्नो ग्यालेक्सी अपार्टमेन्टमा सुरक्षा सुधार गर्न ठूलो मर्मत गरेका छन् । स्रोतलाई उद्धृत गर्दै एनडीटीभीका अनुसार,अभिनेताको निवासमा अब बुलेटप्रुफ झ्यालहरू,एक उन्नत सुरक्षा प्रणाली,र वरपरको कुनै पनि संदिग्ध गतिविधिको निगरानी गर्न उच्च–रिजोल्युसन सीसीटीभी क्यामेराहरू जडान गरिएको छ । सलमान खानले आफ्ना […]

Jan 7, 2025 - 12:01
 0
गोलीकाण्डपछि सलमान खानले ग्यालेक्सी अपार्टमेन्टमा राखे बुलेटप्रुफ झ्याल

मुम्वई ।

बलिउड अभिनेता सलमान खानले आफ्नो घर नजिकै भएको गोलीकाण्डको आठ महिनापछि मुम्बईको बान्द्रास्थित आफ्नो ग्यालेक्सी अपार्टमेन्टमा सुरक्षा सुधार गर्न ठूलो मर्मत गरेका छन् ।

स्रोतलाई उद्धृत गर्दै एनडीटीभीका अनुसार,अभिनेताको निवासमा अब बुलेटप्रुफ झ्यालहरू,एक उन्नत सुरक्षा प्रणाली,र वरपरको कुनै पनि संदिग्ध गतिविधिको निगरानी गर्न उच्च–रिजोल्युसन सीसीटीभी क्यामेराहरू जडान गरिएको छ ।

सलमान खानले आफ्ना फ्यानलाई अभिवादन गर्ने बालकनीलाई मजबुत बनाउन बुलेट प्रुफ गिलास जडान गरिएको छ । अभिनेता ग्यालेक्सी अपार्टमेन्टको भुईं फ्लोरमा १ बीएचके फ्ल्याटमा बस्छन् ।

जबकी उनका आमाबुवा पहिलो तल्लामा बस्छन्, रिपोर्टमा भनिएको छ । अप्रिल १४ मा मोटरसाइकलमा आएका दुईजना व्यक्तिले सलमान खानको घरमा चारवटा गोली हानेर फरार भएका थिए । अभिनेता खानले घटनाको पछाडि ग्याङ्स्टर लरेन्स बिश्नोईको हात रहेको आशंका गरेका छन । आफू र परिवारलाई हानि पुर्याउने उद्देश्यले विश्नोईले उक्त आक्रमण गरेको बताएका छन ।

हाल जेलमा रहेका लरेन्स बिश्नोईको सलमान खानसँग लामो समयदेखि झगडा चलिरहेको छ र उनी विरुद्ध धेरै धम्की पनि दिएका छन् । उनीहरुबीच झगडा सन १९९८ कालो हरिण शिकार मुद्दाबाट सुरु भएको थियो । जसमा सलमान खानलाई दोषी ठहर गरिएको थियो । बिश्नोई समुदायले कालो हरिणलाई पवित्र मान्छन् र लरेन्स बिश्नोईले सलमान खानलाई निशाना बनाउने वाचा गरेका थिए । अप्रिल १४ मा भएको गोलीकाण्डपछि अभिनेता खानलाई बिश्नोई गिरोहले दिएको धम्कीको पुष्टि भएको छ ।
अक्टोबरमा महाराष्ट्रका पूर्व मन्त्री बाबा सिद्दिकीको मुम्बईमा गोली हानी हत्या भएपछि स्थिति झनै चर्कियो । ६६ वर्षीय राजनीतिज्ञ सलमान खानसँगको घनिष्ठ सम्बन्धका लागि परिचित थिए ।


बाबा सिद्दिकी हत्याकाण्डका मुख्य अभियुक्त लरेन्स बिश्नोईका भाइ अनमोल अमेरिकामा पक्राउ परेका छन् । मुम्बई प्रहरीले आफ्नो आरोपपत्रमा सलमान खानसँग सिद्दिकीको बलियो सम्बन्ध नै हत्याको प्रमुख कारण रहेको खुलासा गरेको छ ।

सलमान खानलाई यसअघि पनि एक अज्ञात कलरले उनीसँग २ करोड भारु मागेपछि यस्तै धम्की आएको थियो । वर्ली प्रहरीले मुम्बई पुलिसको ट्राफिक हेल्पलाइन नम्बरमा धेरै व्हाट्सएप सन्देशहरू पठाउने अज्ञात व्यक्ति विरुद्ध मुद्दा दायर गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register