टँुडालदेवी मन्दिर परिसरमा शान्ति सुरक्षा सम्बन्धि प्रहरी अनुरोध कार्यक्रम ।

Mar 7, 2025 - 10:08
 0
टँुडालदेवी मन्दिर परिसरमा शान्ति सुरक्षा सम्बन्धि प्रहरी अनुरोध कार्यक्रम ।


फाल्गुन २३, काठमाडौं ।  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मिति २०८१।११।२३ गते शुक्रबार बिहान ०८:०० बजे देखि १०;३० बजे सम्म का.जि. का.म.पा.०४ टुँडालदेवी मन्दिर परिसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी र प्रहरी बृत महाराजगंज र मालीगाउँको संयुक्त आयोजनामा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका

अध्यक्ष श्री राम प्रसाद न्यौपानेज्युको सभापतित्वमा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्र.ब.उ.श्री विश्व अधिकारीको प्रमुख आतिथ्यतामा पुर्व महालेखा परीक्षक मधुसुदन ढकाल, आ.प्र.उपरथी शिवराम प्रधान ,अ.प्रा.प्र.अ.म.नि.दोय कमल सिह बम र निरज शाही बिषेश आतिथ्यता बिभिन्न संध संस्था ,स्थानिय क्लव टोल सुधार समिति, सरकारी तथा निजि बिधालयका प्र.अ. तथा प्रिन्सिपलज्यू स्थानिय व्यतिहरु गरी लगभग १६० जना व्यक्तिहरुको उपस्थितिमा शान्ति सुरक्षा सम्बन्धिको प्रहरी अनुरोध कार्यक्रम सम्पन्न भयो । । साथै उक्त कार्यक्रमको बारे प्रकास तथा स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र टुडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेले गर्नका साथै अन्य बक्ता अ.प्रा.प्र.अ.म.नि. कमल सिह बम , अ.प्रा. प्र.ना.म.नि. हेमन्त मल्ल ठकुरीले   आआफनो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 का.म.पा. ०४ वडाका वडा सदस्य नविन मैनालीले वडा सामुदायिक प्रहरीसंग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।  धन्यवाद सहित कार्यक्रम समापन प्रहरी बृत मालीगाउका कार्यालय प्रमुख प्र.ना.उ. सुनिलजङ शाहले  गर्नु  भएको थियो । 
 

साथै उक्त कार्यक्रममा प्रमुख अतिथी प्र.ब.उ.श्री विश्व अधिकारीले  समाजमा शान्ति सुरक्षा  अपराधिक रोकथाम तथा न्युनीकरण गर्नको लागि सुचनाको स्रोतनै नागरिक समाज भएको हुँदा सत्य तथ्य सुचना दिन अनुरोध गर्दै अपराध रोकथाममा जिल्ला प्रहरी परिसर काठमाडौ प्रतिबद्धता रहेको कुरा समेत जानकारी गराउनु  भयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register