स्ववियु निर्वाचन : स्याङ्जाका ४ क्याम्पसमा नेविसंघ, १ मा अनेरास्ववियु

स्याङ्जा।  स्याङ्जामा स्ववियुको निर्वाचन भएका ५ वटा क्याम्पसमध्ये ४ वटामा नेविसंघ र एउटामा अनेरास्ववियु विजयी भएको छ । वालिङ बहुमुखी क्याम्पस र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले सभापति जितेको छ । सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले सभापतिमा जित हात पारेको छ । जिल्लामा धेरै मतदाता रहेको वालिङ बहुमुखी क्याम्पसमा नेविसंघका नीरज श्रेष्ठ सभापतिमा […]

Mar 22, 2025 - 02:33
 0
स्ववियु निर्वाचन : स्याङ्जाका ४ क्याम्पसमा नेविसंघ, १ मा अनेरास्ववियु

स्याङ्जा। 

स्याङ्जामा स्ववियुको निर्वाचन भएका ५ वटा क्याम्पसमध्ये ४ वटामा नेविसंघ र एउटामा अनेरास्ववियु विजयी भएको छ । वालिङ बहुमुखी क्याम्पस र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले सभापति जितेको छ । सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले सभापतिमा जित हात पारेको छ । जिल्लामा धेरै मतदाता रहेको वालिङ बहुमुखी क्याम्पसमा नेविसंघका नीरज श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् । सचिवमा अनेरास्ववियुकी बिना रेग्मी बाहेक सबै पदमा नेविसंघ विजयी भएको हो ।

यस्तै, जिल्ला सदरमुकाममा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेविसंघका देवदत्त सुवेदीको प्यानल निर्वाचित भएको छ । फेदीखोलामा रहेको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियूकी प्रतीक्षा गोदारको प्यानल बिजयी भएको छ । समानुपातिकमा भने नेविसंघ र अनेरास्ववियुका २–२ जना निर्वाचित भएका छन् । गल्याङको मालुंगा सार्वजनिक बहुमुखी क्याम्पसमा नेविसंघका गोविन्द भण्डारी र चापाकोटमा रहेको राधादामोदर संस्कृत विद्यापीठमा पनि नेविसंघका रविन भट्टराई सभापतिमा चयन भएका छन्  । दुबै क्याम्पसमा सहमतिका आधारमा स्ववियु गठन भएको हो ।

यसैबीच कालीगण्डकीको मिर्मी बहुमुखी क्याम्पस र गल्याङको गल्याङ बहुमुखी क्याम्पसमा विवादका कारण निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । मिर्मी बहुमुखी क्याम्पसमा सहमतिको प्रयास भइरहँदा नेकपा एमालेले एकलौटी गर्ने प्रयास गरेको भन्दै क्याम्पसका १२ जना सञ्चालक समिति सदस्यले सामूहिक राजीनामा समेत दिएका छन् । क्याम्पस प्रमुख रामप्रसाद पाण्डेले छलफलको प्रयास जारी रहेको बताए । सहमतिकै आधारमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने निर्याय विरुद्ध क्याम्पस प्रशासन र निर्वाचन समितिले एकपक्षिय रुपमा उमेदवारी दर्ता गर्ने काम गरेको भन्दै १२ जना सञ्चालक समितिले राजीनामा दिएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी सहितको संयुक्त बैठक बसेर स्ववियु निर्वाचन सम्पन्न गर्ने सहमति भएको तर अहिले एकलौटी गरिएको उनीहरुको राजिनामा पत्रमा उल्लेख छ ।

१२ जना सञ्चालक समितिले दिएको सामुहिक राजीनामा पत्रमा भनिएको छ, “क्याम्पसमा सञ्चालक समितिले स्ववियु निर्वाचन प्रक्रियाबारे छलफल गर्दै आम सहमतिका आधारमा निर्वाचन प्रक्रिया टुंगोमा पु¥याउने निर्णय गरेको थियो । यस निर्णय अनुसार आवश्यक निर्वाचन अधिकारीहरुको चयन पनि सर्वसम्मत रुपमा गरिएको थियो । तर निर्वाचन प्रक्रिया अगाडि बढ्यो क्याम्पसको स्वायत्तता र निष्पक्षतामाथि प्रश्न उठाउने घटनाहरु सार्वजनिक भए । सबैलाई समेट्न सकिएन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register