गायिका रचना रिमालको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ। गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन्। सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल ल्याईएको हो। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएकोमा नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याईएको हो। सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो। तर […]

Jun 10, 2025 - 10:53
 0
गायिका रचना रिमालको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौँ।

गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन्। सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल ल्याईएको हो।

सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर रूकुम पश्चिमबाट नेपालगञ्ज लगिएकोमा नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याईएको हो।

सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो। तर मंगलबार बिहान अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको हो।

उनी अहिले काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएकी छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register