विहीबार बेलायत आउँदै शेखर कोइराला, वेस्ट मिनिस्टरमा सम्बोधन गर्ने

लन्डन- नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइराला बेलायत भ्रमणमा आउने भएका छन् । बेलायतको संसद् (वेस्ट मिनिस्टर) परिसरमा हुने कार्यक्रममा सम्बोधन गर्न नेता डा कोइराला विहीबार बेलायत आइपुग्ने भएका छन्। विहीबार बेलुका १० बजे लन्डन हिथ्रो एअरपोर्टको टर्मिनल ४ मा उनी उत्रिनेछन् । बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार […]

Jan 8, 2025 - 11:23
 0
विहीबार बेलायत आउँदै शेखर कोइराला, वेस्ट मिनिस्टरमा सम्बोधन गर्ने


लन्डन- नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइराला बेलायत भ्रमणमा आउने भएका छन् ।

बेलायतको संसद् (वेस्ट मिनिस्टर) परिसरमा हुने कार्यक्रममा सम्बोधन गर्न नेता डा कोइराला विहीबार बेलायत आइपुग्ने भएका छन्।

विहीबार बेलुका १० बजे लन्डन हिथ्रो एअरपोर्टको टर्मिनल ४ मा उनी उत्रिनेछन् ।

बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा नेपालबाट यहाँका लागि प्रस्थान गर्ने निश्चित भएको उनको सचिवालयले गत साता जानकारी दिएको थियो । उनले यही १३ जनवरी २०२५ का दिन संसद् परिसरमा आयोजना गरिने एक विशेष कार्यक्रममा संबोधन गर्ने कार्यक्रम छ ।

संसद्को कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहने सो कार्यक्रमको संयोजन गरिरहेका बेलायतस्थित कांग्रेस नेता आरके त्रिपाठीले जानकारी दिए ।

एक साता बेलायतमा रहंदा नेता कोइरालाले बेलायती राजनीतिज्ञहरुसंग भेटघाटका साथै विभिन्न स्थानमा नेपाली सुमदाय र कांग्रेस कार्यकर्तासंग पनि अन्तरक्रिया गर्नेछन् ।

नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज सिंहका अनुसार नेता कोइराला जनवरी १० मा साउथ ह्यारो, जनवरी ११ मा क्याम्ब्रिज रजनवरी १२ मा साउथ इष्ट लन्डनमा आयोजना हुने छुट्टाछ्ट्टै कार्यक्रममा सहभागी हुनेछन् ।

बेलायत भ्रमण पूरा गरी नेता कोइराला जनवरी १६ मा नेपाल फर्किने कार्यक्रम छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register