ग्रीनवीच मेयर रानाभाटले कार्यकाल सकिनुअघि गरे च्यारिटी डिनर

लन्डन- रोयल ग्रीनवीच बरो मेयर काउन्सिलर जीत रानाभाटले आफ्नो मेयर कार्यकाल उत्तरार्धमा एक च्यारिटी डिनर आयोजना गरेका छन् । मेयर रानाभाटले छानेका द कमनवेल्थ एण्ड गोर्खा गार्डेन प्रोजेक्ट र बाउल क्यान्स यूकेको सहयोगार्थ गत १० मे शनिबार वुलवीच टाउन हलमा कार्यक्रम भएको हो । च्यारिटी डिनर नाइटमा क्याबिनेट मन्त्री एवं सांसद अबेना ओपोङ असारे, डिजिटल […]

May 18, 2025 - 08:38
 0
ग्रीनवीच मेयर रानाभाटले कार्यकाल सकिनुअघि गरे च्यारिटी डिनर

लन्डन- रोयल ग्रीनवीच बरो मेयर काउन्सिलर जीत रानाभाटले आफ्नो मेयर कार्यकाल उत्तरार्धमा एक च्यारिटी डिनर आयोजना गरेका छन् ।

मेयर रानाभाटले छानेका द कमनवेल्थ एण्ड गोर्खा गार्डेन प्रोजेक्ट र बाउल क्यान्स यूकेको सहयोगार्थ गत १० मे शनिबार वुलवीच टाउन हलमा कार्यक्रम भएको हो ।

च्यारिटी डिनर नाइटमा क्याबिनेट मन्त्री एवं सांसद अबेना ओपोङ असारे, डिजिटल ग्रीनवीच कनेक्ट लि.का निर्देशक ट्रेभर डोर्लिङ, ले. कर्णेल (रि.) टोल खाम्चा, टिम बार्नेस केसी एमबीइ, तमु समाज बेलायत अध्यक्ष श्रीमति विन्दु घले, समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, ब्रिटिश लिजन चार्ल्टन ब्रान्च अध्यक्ष डेभिड बल, काउन्सिलरहरु, पूर्व मेयर र काउन्सिलहरु, नेपाली संघसंस्थाका अगुवा गरि झण्डै दुईसय जना सहभागी थिए ।

कार्यक्रममा मन्त्री एवं सांसद अबेना ओपोङ असारे, डिजिटल ग्रीनवीच कनेक्ट लि. का निर्देशक ट्रेभर डोर्लिङ, ले. कर्णेल (रि) टोल खाम्चा र टिम बार्नेस केसी एमबीइले शुभकामना मन्तव्य दिएका थिए ।

सो अवसरमा हालै अध्यक्ष निर्वाचित तमु समाज बेलायतकी अध्यक्ष श्रीमति विन्दु घले, युनाइट युनियन पेरिभेल ब्रान्च अध्यक्ष अर्जुन गुरुङ, डायमण्ड बुद्धिष्ट कम्युनिटी सेन्टर अध्यक्ष चन्द्रप्रसाद गुरुङ, साउथ इष्ट रिजनल तमुधिं लन्डन अध्यक्ष शिवराम गुरुङ बीइएम, भुम्दीकोट समाज यूके अध्यक्ष योगेश गुरुङ, अन्तर्राष्ट्रिय धादिङ समाज अध्यक्ष राजन खकुरेल, यती नेपाली एसोसिएसन यूके अध्यक्ष टंक भट्टराई तथा म्याराथन धावकहरु ग्लाउको पस्सेराला, मनोज घले, अस्टिन घले, मार्याम जम्रा र श्रीचन्द्र गुरुङलाई मेयर जीत रानाभाट तथा मन्त्री असारेले खादा, टोपी लगाएर बधाई तथा सम्मान गरेका थिए ।

मेयर रानाभाटले च्यारिटी डिनरमा उपस्थित भएर सहयोग समर्थन गर्ने प्रायोजकहरु, निम्तालु एवं कलाकारहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम साँच्चै अविस्मरणीय बनेको बताए । उनले कार्यक्रम संयोजक श्रीचन्द्र गुरुङप्रति विशेष कृतज्ञता व्यक्त गर्दै उनकै समर्पण र अथक प्रतिवद्धताका कारण कार्यक्रम पूर्ण सफल भएको उल्लेख गरे ।

मेयर रानाभाटले सामाजिक अभियन्ताहरु सूर्य गुरुङ, ह्यारी गुरुङ, राजन खकुरेल, सेभेन सिस्टर्स लगायत स्वयंसेवक टोलीलाई उनीहरूको निस्वार्थ सेवाका लागि धन्यवाद दिए ।

च्यारिटी डिनर संयोजक समाजसेवी श्रीचन्द्र गुरुङले सहभागी र सहयोगी सबैप्रति आभार व्यक्त गरे ।

सो अवसरमा द गोर्खाजका बालजंग अर्यालले क्याटरिङ प्रवन्ध गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register