प्रवासी नेपाली मञ्च यूकेको अध्यक्षका लागि उपाध्यक्ष भण्डारी पनि मैदानमा

लन्डन । एमाले निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष कृष्ण भण्डारी पनि मैदानमा उत्रिएका छन् । भोलि १५ जुन आइतबार बेलायतस्थित लेस्टरमा हुन लागेको मञ्चको नवौं अधिवेशनले नयाँ नेतृत्व चुन्ने तयारी भइरहंदा भण्डारीले आफ्नो दावी घोषणा गरेका हुन् ।  बेलायती समुदायमा पाको राजनीतिक र ब्यवहारिक व्यक्तिको परिचय बनाएका भण्डारीले एमाले […]

Jun 14, 2025 - 13:43
 0
प्रवासी नेपाली मञ्च यूकेको अध्यक्षका लागि उपाध्यक्ष भण्डारी पनि मैदानमा


लन्डन । एमाले निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष कृष्ण भण्डारी पनि मैदानमा उत्रिएका छन् ।

भोलि १५ जुन आइतबार बेलायतस्थित लेस्टरमा हुन लागेको मञ्चको नवौं अधिवेशनले नयाँ नेतृत्व चुन्ने तयारी भइरहंदा भण्डारीले आफ्नो दावी घोषणा गरेका हुन् । 

बेलायती समुदायमा पाको राजनीतिक र ब्यवहारिक व्यक्तिको परिचय बनाएका भण्डारीले एमाले संवद्ध बेलायतका सबैलाई मिलाएर लैजाने अठोटसहित आकांक्षा प्रस्तुत गरेका छन् । ‘सबै साथीहरुलाई मिलाएर लैजानु पर्छ। पद मात्रै महत्वपूर्ण हैन । हामी सर्वसम्मत नेतृत्व बनाएर उदाहरणीय काम गर्ने छौं’- भण्डारीले नेपालीलिंकसँग भने । 

सन् २००७ मा बेलायत आएका भण्डारीले प्रवासी नेपाली मञ्च यूकेको केन्द्रीय सदस्य हुँदै आर्थिक विभाग प्रमुख र हाल उपाध्यक्ष रहेर अनवरत काम गरिरहेका छन्। 

स्याङ्जा जिल्लामा स्कुल पढ्दा २०४२ साल देखि नै अनेरास्ववियूमा कृयाशील भए उनी । भण्डारी २०४४ सालदेखि बुटवल क्याम्पसमा अनेरास्ववियूमा सक्रिय रहे। २०४६ सालको जनआन्दोलनमा बुटवल बहुमुखी क्याम्पसको विधार्थी आन्दोलनको सशक्त नेतृत्व गरेको पनि उनले बताए । 

उनले जीफन्ट आवद्ध यातायात कमिटीको केन्द्रीय कमिटी सदस्य र २०५३ सालमा नेकपा एमाले रूपन्देही विशेष जिल्ला कमिटी सदस्य समेत भएर काम गरे। 

मञ्चको अधिवेशन उद्घाटनका लागि एमाले महासचिव शंकर पोखरेल, युरोप इन्चार्ज घनश्याम पाण्डे, प्रवासी नेपाली अन्तरराष्ट्रिय मञ्चका अध्यक्ष सञ्जय थापा र प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटी सचिवालय सदस्य प्रभु थापा लगायत नेता बेलायत आइसकेका छन् ।

अर्का उपाध्यक्ष डा. मुकुन्द बास्तोला र कार्यसमिति सदस्य पशुपति पोखरेलले पनि नेतृत्वको दावी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register