लण्डनमा नेपाली श्रष्टा सम्मान तथा मुक्तक वाचन

लन्डन- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) तथा नेपाल मुक्तक प्रतिष्ठान (नेमुप्र) यूकेको आयोजनामा ५ जनवरी आइतबार ‘श्रष्टा सम्मान मुक्तक विशेष कार्यक्रम’ भएको छ।  डा रुपक श्रेष्ठको संयोजनमा साउथ ह्यारोस्थित गोल्डेनसीपमा सम्पन्न उक्त कार्यक्रम प्रतिष्ठानकी महासचिव गङ्गा भण्डारी तथा अहिल्या सुवालबाट संचालन भएको थियो।  अनेसासका अध्यक्ष राज श्रेष्ठको सभापतित्व, नेमुप्र केन्द्रिय अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्य […]

Jan 6, 2025 - 12:22
 0
लण्डनमा नेपाली श्रष्टा सम्मान तथा मुक्तक वाचन

लन्डन- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) तथा नेपाल मुक्तक प्रतिष्ठान (नेमुप्र) यूकेको आयोजनामा ५ जनवरी आइतबार ‘श्रष्टा सम्मान मुक्तक विशेष कार्यक्रम’ भएको छ। 

डा रुपक श्रेष्ठको संयोजनमा साउथ ह्यारोस्थित गोल्डेनसीपमा सम्पन्न उक्त कार्यक्रम प्रतिष्ठानकी महासचिव गङ्गा भण्डारी तथा अहिल्या सुवालबाट संचालन भएको थियो। 

अनेसासका अध्यक्ष राज श्रेष्ठको सभापतित्व, नेमुप्र केन्द्रिय अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्य तथा नेमुप्र केन्द्रिय उपाध्यक्ष वियोगी बुढाथोकीको विशेष आतिथ्य साथै नेपाली साहित्य विकास परिषदका पूर्वाध्यक्ष हरिसिंह थापाको आतिथ्य थियो।  

सहआयोजक नेमुप्रका अध्यक्ष दुर्गा प्रसाद पोख्रेलले स्वागत मन्तब्यको क्रममा डिसेम्बर महिनाको वरपर जन्म परेका स्वर सम्राट नारायण गोपाल, चित्रकार लैनसिं वाङ्ग्देल, आशुकवि लेखनाथ पौडेल, माष्टर मित्र सेन, संगीतकार अम्बर गुरुङ, तथा भूपी शेरचनका विविध विधाका श्रष्टाहरुका सम्मान, अनेसास स्थापना दिवशका साथै अंग्रेजी नयाँ वर्षको शुभकामना साँझको रुपमा मनाइएको बताए। 

रबिन्द्र जोशीले बाँसुरीको धूनद्वारा स्रष्टाहरुमा सम्मान व्यक्त गरे। 


कार्यक्रममा विमल भौकाजीद्वारा सम्पादित नेपाली विश्वकथा संग्रह ‘झ्यालबाट विश्व चियाउँदै’, शिव प्रधानकृत उपन्यास ‘प्रेमाश्रु’, सुमल गुरुङद्वारा सम्पादित तथा तमुधिं साउथ ईष्ट, लन्डनबाट प्रकाशित ‘आशिमलां’का साथै वियोगी बुढाथोकी सम्पादित ‘शिवपुरी संदेश – १०६, प्रतिकृया अंक’ को सामुहिक विमोचन गरिएको थियो। 

उक्त विमोचित कृतिहरुमाथि डा रुपक श्रेष्ठले संक्षिप्त टिप्पणी गरेका थिए। 

डा श्रेष्ठले बेलायती-नेपाली डायस्पोराका आदिकवि ईश्वर मानन्धरद्वारा २०११ मा स्थापित ‘अनेसास सुप्रमा-ईप्रमा पुरस्कार’ को राशी यस वर्ष देखि पांच सय एक पाउण्डको हुने र संसारभरबाट प्रकाशितमध्य उत्कृष्ट एक पुस्तकलाई पुरष्कृत गरिने सन्देश पुरस्कार संस्थापक परिवारका सदस्य सविता मानन्धरबाट प्राप्त भएको सुनाउँदै संस्थापकलाई धन्यवाद ज्ञापन गरे। 

सो पुरस्कार ईश्वर मानन्धर जन्मजयन्तिको अवशरमा प्रदान गर्ने गरिएको छ। उपन्यासकार शिव प्रधानले आफ्नो कृति लेखनको पृष्ठभूमिको चर्चा गरे। नेमुप्रले शिव प्रधानलाई तथा अनेसासले कवि दुर्गा ढकाललाई आजीवन सदस्यता प्रदान गरे।  


कार्यक्रममा रामकाजी कोने, वियोगी बुढाथोकी, हरि सिं थापा, शिव प्रधान, दुर्गा प्रसाद पोख्रेल, प्रतिमा केसी, माया गुरुङ, कुमार के सी, अहिल्या सुवाल, प्रतिमा केसी, गंगा भण्डारी, राज श्रेष्ठ, जीत छन्त्याल, रघु भण्डारी, दुर्गा ढकाल, रुपक श्रेष्ठ, रबिन्द्र जोशीले आफ्ना सिर्जनाहरु सुनाए। 

दुर्गा राई, शकुन्तला बुढाथोकी, सोहन सुवाल, डा दिनेश थापाको समुपस्थितिमा सम्पन्न भएको कार्यक्रममा सबैलाई धन्यवाद ज्ञापन गर्दै सभाध्यक्ष राज श्रेष्ठले समापन गरेका थिए।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register