क्यालिफोर्नियाको आगो ४० हजार एकडमा फैलियो, २९ हजार एकड जलेर ध्वस्त

क्यालिफोर्निया ।  अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा लागेको आगलागीमा हालसम्म १० जनाको मृत्यु भएको छ । यो क्यालिफोर्नियामा लागिरहेको अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी मानिएको छ ।  विगत ४ दिनदेखि लागेको आगो करिब ४० हजार एकड क्षेत्रफलमा फैलिएको छ, जसमध्ये २९ हजार एकड क्षेत्रफल पूर्णरुपमा जलेर ध्वस्त भएको छ  ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगलागीबाट करिब १० […]

Jan 11, 2025 - 05:56
 0
क्यालिफोर्नियाको आगो ४० हजार एकडमा फैलियो, २९ हजार एकड जलेर ध्वस्त

क्यालिफोर्निया ।

 अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलसमा लागेको आगलागीमा हालसम्म १० जनाको मृत्यु भएको छ । यो क्यालिफोर्नियामा लागिरहेको अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी मानिएको छ ।

 विगत ४ दिनदेखि लागेको आगो करिब ४० हजार एकड क्षेत्रफलमा फैलिएको छ, जसमध्ये २९ हजार एकड क्षेत्रफल पूर्णरुपमा जलेर ध्वस्त भएको छ  ।

 अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगलागीबाट करिब १० हजार भवन जलेर नष्ट भएका छन् भने ३० हजार घरमा क्षति पुगेको छ । झन्डै ५० हजार मानिसलाई तत्काल घर छाड्न भनिएको छ ।

 स्थानीय प्रशासनले सो क्षेत्रका ३ लाख मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइसकेको छ । शनिबारसम्म आगलागी थप फैलिने चेतावनी प्रशासनले दिएको छ । १ लाख मानिस बिजुलीविहीन बाँचिरहेका छन् ।

लस एन्जलस काउन्टी सेरिफ रोबर्ट लुनाले त्यहाँको अवस्थाका बारेमा भने, ‘यी क्षेत्रहरूमा परमाणु बम खसालेको जस्तो देखिन्छ।’

 धेरै ठाउँमा पानीका हाईड्रेन्ट सुकिसकेका छन् । त्यसैले कतिपय ठाउँमा धाराको पानी प्रयोग गर्न निषेध गरिएको छ । फोहोर पानीका कारण स्थानीयको स्वास्थ्य स्थिति बिग्रिएको प्रशासनको आशंका छ । उनीहरूले स्थानीयलाई पानी उमालेर पिउने भनेका छन् ।

हालसम्म सो आगलागीले पेरिस हिल्टन, टम ह्यान्क्स, स्टिभन स्पिलबर्गजस्ता हलिउड सेलिब्रेटीहरूको घर जलेका छन् भने उपराष्ट्रपति कमला ह्यारिसको घर खाली गरिएको छ ।

सोही क्रममा राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको अन्तिम बिदेश भ्रमणको रूपमा तय गरिएको इटाली भ्रमण अन्तिम समयमा रद्द गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register