इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारत प्रस्थान

Jun 15, 2023 - 09:00
 0
इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारत प्रस्थान
इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारत प्रस्थान

काठमाडौँ । इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारततर्फ प्रस्थान गरेको छ । भारतको गाजियावादमा हुने इन्डो–नेपाल आशिहारा कराते च्याम्पियनसीपमा भाग लिन बुधबार साँझ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका ब्रन्च चिफ दिपक लामाले जानकारी दिनुभयो । 

यही जुन १७ र १८ तारिखमा भारतको उत्तर प्रदेशको गाजियावादस्थित लिलावती पब्लिक स्कुल प्रताप विहारमा कराते प्रतियोगिता सञ्चालन हुँदैछ । स्थलमार्ग हुँदै त्यसतर्फ प्रस्थान गरेको टोलीमा १४ खेलाडीसहित २० जना सहभागी छन् । 

बुधबार साँझ सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका कार्यवाहक अध्यक्ष रमेश तामाङले प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई खादा लगाएर शुभकामनासहित बिदाइ गर्नुभएको थियो ।
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1