जनकपुरमा मदरसा विधयेक तथा चिनियाँ विस्तारवादको विरोधमा जनसभा

Feb 26, 2022 - 16:20
Feb 26, 2022 - 16:20
 0
जनकपुरमा मदरसा विधयेक तथा चिनियाँ विस्तारवादको विरोधमा जनसभा

जनकपुर – जनकपुरमा मदरसा विधयेक तथा चिनियाँ विस्तारवादको विरोधमा जनसभा सम्पन्न भएको छ । 

राष्ट्रिय एकता अभियानको आयोजनामा जनकपुरस्थित जानकी मन्दिरको प्रांगणमा मधेश प्रदेश सरकारले ल्याउन खोजेको मदरसा विधेयक तथा नेपालमा हुने चिनियाँ विस्तारवादविरुद्ध विरोध जनसभा सम्पन्न भएको हो । 

जनसभाका प्रमुख अतिथि तथा अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेपालमा पछिल्लो चिनियाँ विस्तारवाद बढेको बताए । उनले भने, ‘नेपालमा चिनियाँ विस्तारवाद बढेको छ, नेपालको राजनीतिमा पनि चीनले बेला बेला हस्ताक्षेप गरिरहेको हुन्छ, जसले गर्दा हाम्रो देशमा सुरक्षा चुनौती थपिएको छ, सार्भभौम सत्ता खतरामा परिरहेको छ।’

उनले पछिल्लो समय हिन्दु समुदायमाथि मुस्लिम जिहादीह?को ज्यादती बढेको बताए । उनले भने, ‘सुनसरी जिल्लामा केही समयअघि एक हिन्दु छोरीमाथि मुस्लिम जिहादीले बलात्कार गरेका थिए, त्यसपछि उहाँको घरमा आगोसमेत लगाइएको थियो। जसले यो पुष्टि हुन्छ कि हिन्दु समुदायमाथि मुस्लिम जिहादीह?को ज्यादती बढेको छ ।’

उनले चीनले नेपाललाई  विकासको नाममा ऋण दिएर संकटमा पार्न खोजिरहेको आरोप लगाए । उनले भने,‘चीनले पोखरा विमानस्थल बनाउन नेपाललाई ऋण दिए अहिले ३ प्रतिशतभन्दा बढी ब्याज उठाइरहेको छ, जसले नेपाल चीनको चक्करमा परेर डरलाग्दो ऋण बोकिरहेको छ।’

त्यस्तै अध्यक्ष यादवले प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत मियाँले नेपालमा आईएसआईको एजेन्टको रुपमा कार्यरत रहेको आरोपसमेत लगाए । 

मधेशी, दलित, जनजाति, आदिवासी सम्पूर्णको अधिकारका लागि संघीय गणतन्त्र स्थापना भएको र यसै संविधानमा हिन्दू सनातन संस्कृतिको पहिचान स्वरुप संविधानलाई संघीय हिन्दू गणतन्त्र बनाउने आवश्यकता रहेको समेत उनले बताए ।

अध्यक्ष यादवले मधेशमा तालिवानी अतिवादीहरुको घुसपैठ अत्यधिक रूपमा भइरहेको र त्यसैको सेरोफेरोमा मुख्यमन्त्री राउतले मदरसा विधयेक लागू गर्न खोजेको आरोप लगाए ।

उनले भने, ‘पाकिस्तानी आईएसआईका एजेन्टको रूपमा मुख्यमन्त्रीले काम गरिरहेको र तिनको संरक्षण जसपा अध्यक्ष उपेन्द्र यादवले गरिरहेका छन् ।’ अब प्रदेशलाई हिन्दूमय बनाउने अठोटका साथ अभियान लागि परेको उनले बताए ।

अभियान जनकपुरका संयोजक मनीष हिन्दूको अध्यक्षतामा जनसभा सम्पन्न भएको हो । जनसभामा केन्द्रिय उपाध्यक्ष सुनीता साह, वरिष्ठ नेता कासिंन्द्र यादव, सिराहा संयोजक हेमंत सिंह, मोरङ संयोजक जितेन्द्र यादव, धनुषा सदस्य सुनील दास, रवि साह, राकेश साह लगायतको सहभागिता रहेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal