राष्ट्रिय युवा संघ नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । संघका महासचिव सुमन पुरीले शनिबार विशेष सर्कुलर जारी गर्दै आगामी दिनमा संगठनलाई नयाँ र परिस्कृत ढंगले लैजानको लागि ७७ वटै जिल्लाबाट उपस्थित प्रतिनिधिको उपस्थितीमा विशेष रणनीति बनाउने जानकारी दिएका छन् । […]

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।
संघका महासचिव सुमन पुरीले शनिबार विशेष सर्कुलर जारी गर्दै आगामी दिनमा संगठनलाई नयाँ र परिस्कृत ढंगले लैजानको लागि ७७ वटै जिल्लाबाट उपस्थित प्रतिनिधिको उपस्थितीमा विशेष रणनीति बनाउने जानकारी दिएका छन् ।
सर्कुलरमा भनिएको छ, ‘राष्ट्रिय युवा संघ, केन्द्रीय कमिटीको आयोजनामा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको छ, जसको मूख्य लक्ष्य शिक्षा, रोजगार, उद्यमशिलता तथा सामाजिक न्याय, समावेशिता र नविनतामा आधारित योजनाहरुलाई अगाडी सार्दै युवालाई नीति निर्माणमा सहभागिता गराउने रहेको छ । तसर्थ उक्त कार्यक्रमको लागि तपशिल बमोजिमको मिति, स्थान र समय तथा प्रतिनिधिहरु छनोट गरि माघ ५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन हुन मातहतका सम्पूर्ण कमिटीहरुलाई निर्देशन गरिएको छ ।’
What's Your Reaction?






