तीनकुनेमा मृत्यु भएका पत्रकार रजकको परिवारसँग प्रधानमन्त्रीको भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण रजकले अकालमा ज्यान गुमाउन परेको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीको प्रक्रिया सुरू भएको […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण रजकले अकालमा ज्यान गुमाउन परेको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीको प्रक्रिया सुरू भएको बताए। तीनकुनेमा राजावादी प्रदर्शनकारीहरूले भवनमा आगजनी गर्दा रजकको जलेर मृत्यु भएको थियो ।
प्रधानमन्त्री ओलीले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजन रजकलाई रोजगारीलगायत आवश्यक पर्ने अन्य व्यवस्थाका लागि सरकारले ध्यान दिने बताए।
What's Your Reaction?






