लन्डन बेक्सलीमा तमु र गैरतमु समुदाय मिलेर मनाए ल्होछार

लन्डन- लन्डनको बेक्सली नेपाली कम्युनिटीमा एक विशेष कार्यक्रमका साथ तमु पर्व ल्होछार मनाइएको छ । शनिबार स्थानीय फाल्कनवुड कम्युनिटी सेन्टरमा विविध सांस्कृतिक प्रस्तुतिसहित ल्होछार मनाइएको हो । कम्युनिटीका अध्यक्ष डा हरिश ज्ञवालीको अध्यक्षतामा सम्पन्न ल्होछार कार्यक्रममा सहभागीमध्ये अधिकांश गैरतमु समुदायका सदस्य थिए । मौलिक तमु पहिरनमा सजिएका गैरतमु नेपालीहरु ल्होछार विशेष तमु गीतहरुमा नाचगान गर्दै […]

Jan 12, 2025 - 16:08
 0
लन्डन बेक्सलीमा तमु र गैरतमु समुदाय मिलेर मनाए ल्होछार

लन्डन- लन्डनको बेक्सली नेपाली कम्युनिटीमा एक विशेष कार्यक्रमका साथ तमु पर्व ल्होछार मनाइएको छ ।

शनिबार स्थानीय फाल्कनवुड कम्युनिटी सेन्टरमा विविध सांस्कृतिक प्रस्तुतिसहित ल्होछार मनाइएको हो ।

कम्युनिटीका अध्यक्ष डा हरिश ज्ञवालीको अध्यक्षतामा सम्पन्न ल्होछार कार्यक्रममा सहभागीमध्ये अधिकांश गैरतमु समुदायका सदस्य थिए । मौलिक तमु पहिरनमा सजिएका गैरतमु नेपालीहरु ल्होछार विशेष तमु गीतहरुमा नाचगान गर्दै रमाइरहेको दृश्य आकर्षक थियो ।

स्थानीय बेक्सली बरोका उपमेयर, काउन्सिलरसमेतको उपस्थिति रहेको उक्त अवसरमा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि पनि अतिथिका रुपमा उपस्थित थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय बेक्सली बरोकी उपमेयर लिसा जेन मुरले ल्होछारको शुभकामना दिइन् ।

कम्युनिटीका अध्यक्ष डा हरिश ज्ञवालीले विगत चार वर्षदेखि ल्होछार मनाइंदै आएको स्मरण गर्दै यो पर्वले समुदायमा विविधताभित्रको एकतालाई प्रवद्र्धन गर्न सहयोग पुर्याएको विश्वास व्यक्त गरे । उनले संस्थाले गर्दै आएका विभिन्न कार्यक्रमबारे जानकारी गराउँदै बेक्सलीवासी सबै नेपालीको साझा र प्रतिनिधि संस्थाका रुपमा स्थापित गर्न आफूहरु प्रयासरत रहेको बताए ।

कार्यक्रम संयोजक एवम् संस्थाका वरिष्ठ उपाध्यक्ष शिवराम गुरुङले स्वागत मन्तव्य राख्दै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाको नेतृत्वमा नियुक्त हुने तथा गौरवपूर्ण उपलब्धि हासिल गर्ने र समाजलाई विभिन्न माध्यमले सहयोग गर्ने समाजका सदस्यहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा सम्मानित हुनेमा सोपाल समाज यूकेका नवनिर्वाचित अध्यक्ष जगदीश गुरुङ, आमा समूह प्रमुख मनदेवी गुरुङ, पासा पुचः साउथ इष्ट लन्डन शाखा उपाध्यक्ष रिता श्रेष्ठलगायत थिए ।

औपचारिक कार्यक्रम महासचिव हिमाल गुरुङले तथा सांस्कृतिक कार्यक्रमको सत्र कार्यक्रम संयोजक एवम् समाजका वरिष्ठ उपाध्यक्ष शिवराम गुरुङ ‘बिइएम’ ले सञ्चालन गरेका थिए । सम्मान कार्यक्रम सञ्चालन सचिव आहिल्या कुंवरले गरेकी थिइन् । सो अवसरमा नेपालबाट आएका राष्ट्रिय कलाकार शीतल गुरुङ र विमला गुरुङले सांगीतिक प्रस्तुतिबाट मनोरञ्जन दिलाएका थिए ।

त्यस्तै, उमा गुरुङ, सविता बराल, विजिता गौतम, अपेक्षा कार्की, विपना जंगम, रितु पाण्डे, संगीता त्रिपाठी, अजन्ता जोशी, स्मिता पाण्डे, अम्बिका गुरुङ, दीपा सिटौला, बन्दना चापागाईं, रिमा पौडेल, रचना सिटौला, रिता सेढाईं, पुनम गुरुङ, लिना गुरुङ, निर्मला गुरुङ, मनिता घलेलगायत स्थानीय कलाकारले आकर्षक नृत्य, गीतसहितका प्रस्तुति गरेका थिए ।

कार्यक्रममा बेक्सली बरोका काउन्सिलरहरु, कम्युनिटीका संस्थापक अध्यक्ष विजयकुमार गुरुङ, पूर्व अध्यक्ष आनन्द धरेल, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, एनसिआई यूके अध्यक्ष मोहन गुरुङ, पशुपतिनाथ मन्दिर लन्डन अध्यक्ष गोपालप्रसाद अर्याल,साउथ इष्ट रिजनल तमुधिं लन्डन उपाध्यक्ष एवम आमा समूह प्रमुख विन्दु गुरुङ,चार्ल्टन नेपाली समाज यूके अध्यक्ष सीता अर्याल, डाटफोर्ड नेपाली समाज यूके अध्यक्ष डा बिना घिमिरेलगायतको उपस्थिति थियो ।

तस्विर: गुणदेव घिमिरे

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register