रुसद्वारा अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहित सैन्य अभ्यास सुरु

मस्को, चैत १२ गते । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको रुसी रक्षा मन्त्रालयले घोषणा गरेको छ । अभ्यासमा रूसको रणनीतिक रकेट निर्धारित प्रशिक्षण अभ्यासको एक हिस्साका रूपमा आणविक मिसाइल लन्चरहरू फिल्ड साइटहरूमा तैनाथ गरिने मन्त्रालयलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार ‘सेभरडलोभस्क र अल्टिया’ क्षेत्रमा […]

Mar 26, 2025 - 09:04
 0
रुसद्वारा अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहित सैन्य अभ्यास सुरु

फाइल तस्विर रोयटर्स

मस्को, चैत १२ गते । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको रुसी रक्षा मन्त्रालयले घोषणा गरेको छ । अभ्यासमा रूसको रणनीतिक रकेट निर्धारित प्रशिक्षण अभ्यासको एक हिस्साका रूपमा आणविक मिसाइल लन्चरहरू फिल्ड साइटहरूमा तैनाथ गरिने मन्त्रालयलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ ।

एजेन्सीका अनुसार ‘सेभरडलोभस्क र अल्टिया’ क्षेत्रमा कमान्ड र स्टाफ अभ्यास सञ्चालन गर्ने निर्धारित गरिएको छ । यसमा ‘यार्स अन्तरमहाद्वीपीय’ ब्यालेस्टिक मिसाइल हस्तान्तरण गरिनेछ ।

सैन्य एकाइहरूले अभ्यासका क्रममा इन्जिनियरिङ सहयोग, विकिरण, रासायनिक र जैविक सुरक्षा कार्यहरू पनि गर्ने जनाइएको छ । ‘यार्स’ मिसाइल आणविक हतियार बोक्न सक्षम भएको र यसलाई ढुवानी गर्न वा भूमिगत मिसाइल लन्चरहरूमा राख्न सकिने उल्लेख गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register