एक्सनमा बीसीसीआई : बदल्यो ३ नियम, खेलाडी श्रीमतीसँग बस्न नपाउने !

काठमाडौं । न्युजिल्यान्ड र अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिजमा भारतीय टोलीको लज्जास्पद हारपछि अब बीसीसीआईले कडा कदम चालेको छ । शनिबार मुम्बईमा मुख्य प्रशिक्षक गौतम गम्भीर, मुख्य चयनकर्ता अजित आगरकर र कप्तान रोहित शर्मासँग बीसीसीआई अधिकारीहरूको समीक्षा बैठकपछि खेलाडी र प्रशिक्षक स्टाफका लागि नयाँ दिशानिर्देशहरू बनेको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार बोर्डले कोभिड–१९ का कारण खुकुलो पारिएका सन् […]

Jan 14, 2025 - 07:02
 0
एक्सनमा बीसीसीआई : बदल्यो ३ नियम, खेलाडी श्रीमतीसँग बस्न नपाउने !

काठमाडौं । न्युजिल्यान्ड र अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिजमा भारतीय टोलीको लज्जास्पद हारपछि अब बीसीसीआईले कडा कदम चालेको छ ।

शनिबार मुम्बईमा मुख्य प्रशिक्षक गौतम गम्भीर, मुख्य चयनकर्ता अजित आगरकर र कप्तान रोहित शर्मासँग बीसीसीआई अधिकारीहरूको समीक्षा बैठकपछि खेलाडी र प्रशिक्षक स्टाफका लागि नयाँ दिशानिर्देशहरू बनेको छ ।

भारतीय सञ्चारमाध्यमकाअनुसार बोर्डले कोभिड–१९ का कारण खुकुलो पारिएका सन् २०१९ अघिका नियमहरू पुनः लागू गर्नेबारे विचार गरेको छ ।

परिवारसँग १४ दिन मात्रै बस्न पाउने

अब भारतीय टोलीका खेलाडीहरु आफ्नी श्रीमती र परिवारका सदस्यहरु सम्पूर्ण भ्रमणमा यात्रा गर्न पाउने छैनन् । यदि कुनै प्रतियोगिता वा शृङ्खला ४५ दिनभन्दा बढी चल्यो भने पत्नी वा परिवारले खेलाडीसँग १४ दिन मात्रै बस्न पाउनेछन् । छोटो यात्राको लागि यो सीमा सात दिन मात्र हुनेछ ।

भर्खरै सम्पन्न अष्ट्रेलिया सिरिजमा विराट कोहली र केएल राहुल जस्ता धेरै क्रिकेटरका पत्नीहरू सबै खेलमा उपस्थित थिए । सम्पूर्ण भ्रमणमा परिवारको उपस्थितिले खेलाडीको प्रदर्शनमा असर पर्ने बोर्डको विश्वास छ ।

सबै खेलाडीले बसमा सँगै यात्रा गर्ने

रिपोर्टकाअनुसार टोलीको एकतालाई ध्यानमा राख्दै अब सबै खेलाडीले टिम बसमा मात्र यात्रा गर्नेछन् । खेलाडी जतिसुकै उमेरका भए पनि उनलाई छुट्टै यात्रा गर्न दिइने छैन । पछिल्ला केही वर्षमा धेरै खेलाडी एक्लै यात्रा गर्दथे तर अब त्यस्तो हुने छैन ।

खेलाडीहरु बाहेक बीसीसीआईले भारतका मुख्य प्रशिक्षक गौतम गम्भीरका प्रबन्धकलाई पनि टोलीको होटलमा बस्न नदिने निर्णय गरेको छ । उनीहरुलाई भीआईपी बक्सबाट खेल हेर्न नपाउने र टिम बस चलाउन पनि रोक लगाइएको छ ।

सहयोगी कर्मचारीको कार्यकाल तोकिने

अस्ट्रेलिया भ्रमणमा पराजयपछि भारतीय टोलीको सपोर्ट स्टाफलाई लिएर पनि प्रश्न उठिरहेको छ । धेरै कर्मचारीहरू वर्षौंदेखि टोलीसँग छन् जसले प्रदर्शनलाई स्थिर बनाएको छ ।

सहायक कर्मचारीको कार्यकाल दुई वर्षको हुने र एक वर्ष थप गर्न सकिने निर्णय भएको छ । यसको मतलब उनको अधिकतम कार्यकाल तीन वर्ष हुन सक्छ । यस्तो अवस्थामा अब धेरै सहयोगी कर्मचारीलाई अवकाश दिइनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register