प्रहरीकाे डिजीटल बोर्ड ह्याक गरेर प्रेम प्रस्ताव ‘आइ लभ यु चित्रा’

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजीटल बोर्ड ह्याक गरेर प्रेम प्रस्ताव राखिएको छ । धनगढीको कैलाली पुलस्थित प्रदेश प्रहरी कार्यालयको गेटमा रहेको डिजीटल बोर्ड ह्याक गरिएको हो । ह्याकरले बोर्ड ह्याक गरेर ‘आइ लभ यु चित्रा’ लेखेर स्क्रोल गरेका थिए । गर्लफ्रेन्डलाई इम्प्रेस पार्न प्रहरी कार्यालयको डिजीटल बोर्ड नै ह्याक गरेर पर्पोज गरिएको अनुमान […]

Jan 14, 2025 - 09:40
 0
प्रहरीकाे डिजीटल बोर्ड ह्याक गरेर प्रेम प्रस्ताव ‘आइ लभ यु चित्रा’

काठमाडौं ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजीटल बोर्ड ह्याक गरेर प्रेम प्रस्ताव राखिएको छ ।

धनगढीको कैलाली पुलस्थित प्रदेश प्रहरी कार्यालयको गेटमा रहेको डिजीटल बोर्ड ह्याक गरिएको हो ।

ह्याकरले बोर्ड ह्याक गरेर ‘आइ लभ यु चित्रा’ लेखेर स्क्रोल गरेका थिए । गर्लफ्रेन्डलाई इम्प्रेस पार्न प्रहरी कार्यालयको डिजीटल बोर्ड नै ह्याक गरेर पर्पोज गरिएको अनुमान गरिएको छ ।

प्रहरी कार्यालयको बोर्डमा ‘आइ लभ यु चित्रा’ लेखिएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रहरीले भने डिजीटल बोर्ड ह्याक भएको विषयमा बुझिरहेको बताएको छ । उक्त फोटोको तथ्य जाँच गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि विभिन्न स्थानमा डिजीटल बोर्ड ह्याक गरी प्रेम प्रस्ताव राख्ने घटनाहरू सार्वजनिक भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register