भक्तपुर अस्पतालमा डायलिसिस सेवा सुरु

पुष्करराज बुढाथोकीभक्तपुर, १४ साउन । भक्तपुरको दुधपाटीमा रहेको भक्तपुर अस्पतालमा मिर्गौला रोगको उपचारका लागि डायलिसिस सेवाको सुरु भएको छ । आज अस्पतालमा आयोजित एक कार्यक्रमकाबिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले उक्त सेवाको शुभारम्भको उद्घाटन गर्नुभएको हो । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा भक्तपुर प्रादेशिक अस्पतालमा ५ बेडको डायलिसिस सेवाको शुभारम्भ भएको छ [...] The post भक्तपुर अस्पतालमा डायलिसिस सेवा सुरु appeared first on Jhapa Online.

Jul 30, 2025 - 09:17
 0
भक्तपुर अस्पतालमा डायलिसिस सेवा सुरु

पुष्करराज बुढाथोकी
भक्तपुर, १४ साउन ।
भक्तपुरको दुधपाटीमा रहेको भक्तपुर अस्पतालमा मिर्गौला रोगको उपचारका लागि डायलिसिस सेवाको सुरु भएको छ ।

आज अस्पतालमा आयोजित एक कार्यक्रमकाबिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले उक्त सेवाको शुभारम्भको उद्घाटन गर्नुभएको हो । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा भक्तपुर प्रादेशिक अस्पतालमा ५ बेडको डायलिसिस सेवाको शुभारम्भ भएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री थापामगरले मिर्गौलाले काम नगर्ने बिरामीका लागि प्रभावकारी ५ मेसिन बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई उपलब्ध गराएको बताउनुभयो । मन्त्री थापा मगरले बागमती प्रदेश अन्तर्गतका १३ अस्पतालमध्ये ११ अस्पतालमा डायलिसिस सेवा सुरु भैसकेको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्री थापाले मन्त्रालयले निकट भविष्यमै ‘बागमती डिजिटल हेल्थ’ कार्यक्रम सुरु गर्न लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा। सुमित्रा गौतमले न्यूनतम सेवा मापदण्डमा आधारित मूल्याङ्कन गर्दा भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल घोषित भइसकेको र यो प्रगति अन्य अस्पतालका लागि सिकाइको विषय बनेको बताउनुभयो ।

अस्पतालका निमित्त निर्देशक डा। सुरेन्द्र भट्टले एउटा मेशिनलाई आकस्मिक सेवाका लागि राखी बाँकी ४ मेशिनबाट दैनिक ३ सिफ्ट सञ्चालन गरी एकै दिन ३६ जनासम्म मिर्गौला फेल भएका बिरामीलाई डायलिसिस सेवा प्रवाह गर्न सकिने बताउनुभयो ।

भक्तपुर अस्पतालकै परिसर भित्र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भएतापनि यसले मिर्गौला रोगीको चाप धान्न सकेको छैन । प्रत्यारोपण केन्द्रमा डायलिसिस समय नपाएपछि दैनिक दर्जनौँ बिरामी निजी क्लिनिकमा डायलिसिस गराउन बाध्य छन् ।

निजीमा एक पटक डायलिसिस गरेको सामान्य शुल्कस् रु २ हजार ५ सयदेखि ५ हजार ५ सय सम्म पर्ने गर्दछ । महिनामा औसत ८ देखि १२ पटकसम्म डायलिसिस गरिनुपर्ने भएकाले निजीमा नियमित उपचार गराउँदा महँगो पर्दछ । वीर अस्पताल पछिको देशकै दोस्रो जेठो यो अस्पताल विगतमा रिफर सेन्टरको रूपमा सीमित रहेको भए पनि हाल प्रगति गरिरहेको छ ।

विगतमा सङ्घ अन्तर्गत रहेको र हाल बागमती प्रदेश सरकार मातहत सञ्चालित अस्पतालले आइसियु, एनआइसियु, एचडियु सहित अत्याधुनिक शल्यक्रिया सेवा समेत प्रदान गर्दै आएको छ ।

अस्पतालमा डायलिसिस सेवा विपन्न वर्गका लागि निःशुल्क हुने बागमती प्रदेश सभाका पूर्व सदस्य समेत रहेका अस्पताल विकास समितिका अध्यक्ष शशीजंग थापाले बताउनुभयो ।

गत जेठदेखि रु ८ करोड लागतमा अस्पतालले सिटी स्क्यान सेवा समेत सञ्चालन गर्न सफल भएको अध्यक्ष थापाले बताउनुभयो ।अस्पतालमा ल्याब रिपोर्ट पनि क्युआर कोडमार्फत उपलब्ध हुने गरेको छ ।

The post भक्तपुर अस्पतालमा डायलिसिस सेवा सुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register