विवाहको उमेरहद १८ वर्ष राख्न सुझाव

काठमाडौं । महिला र पुरुषको विवाहको उमेरहद १८ वर्ष राख्न सुझाव दिइएको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिअन्तर्गत गठित उपसमितिले सो सुझाव दिएको हो । मधेसको जनकपुर, लुम्बिनीको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा अध्ययनका निम्ति कानून समितिले तीन उपसमिति गठन गरेको थियो ।बुधबार समितिको बैठकमा सभापति विमला सुवेदीलाई प्रतिवेदन बुझाएका छन् […]

Jan 15, 2025 - 08:32
 0
विवाहको उमेरहद १८ वर्ष राख्न सुझाव

काठमाडौं । महिला र पुरुषको विवाहको उमेरहद १८ वर्ष राख्न सुझाव दिइएको छ ।

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिअन्तर्गत गठित उपसमितिले सो सुझाव दिएको हो ।

मधेसको जनकपुर, लुम्बिनीको दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा अध्ययनका निम्ति कानून समितिले तीन उपसमिति गठन गरेको थियो ।बुधबार समितिको बैठकमा सभापति विमला सुवेदीलाई प्रतिवेदन बुझाएका छन् ।

समितिले उमेर नपुगेका केटा र केटीले विवाह गरे बाल विवाह हुने र इगोको भावनाले बाल विवाहमा जाहेरी नदिई बढी सजाय हुने कसुर जबरजस्ती करणी, अपहरण, शरीर बन्धकतर्फ मुद्दा दायर गर्ने गरिएको हुँदा १८ वर्ष विवाह गर्ने उमेरहद कायम गर्दा उचित हुने सुझाव दिएको हो ।

हाल विवाहको उमेरहद महिला र पुरुष दुवैको २० वर्ष छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register