बिर्तामोड नगर अस्पतालमा इमर्जेन्सी सेवा सुरु

बिर्तामोड, ३ माघ । बिर्तामोड नगरअस्पतालमा बुधबारदेखि इमर्जेन्सी सेवा सुरु भएको छ । २४ घण्टे प्रसुती (नर्मल डेलीभरी) सेवा सञ्चालन हुँदै आएको यस अस्पतालमा आजदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको हो । बिहान ७ बजे देखि साँझ ७ बजेसम्म सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार बिहान [...] The post बिर्तामोड नगर अस्पतालमा इमर्जेन्सी सेवा सुरु appeared first on Jhapa Online.

Jan 16, 2025 - 03:18
 0
बिर्तामोड नगर अस्पतालमा इमर्जेन्सी सेवा सुरु

बिर्तामोड, ३ माघ । बिर्तामोड नगरअस्पतालमा बुधबारदेखि इमर्जेन्सी सेवा सुरु भएको छ । २४ घण्टे प्रसुती (नर्मल डेलीभरी) सेवा सञ्चालन हुँदै आएको यस अस्पतालमा आजदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको हो ।

बिहान ७ बजे देखि साँझ ७ बजेसम्म सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म ओपिडि सेवा सञ्चालन हुने र त्यसपछि साँझ ७ बजेसम्म इमर्जेन्सी सेवा लिन सकिने छ। अस्पतालमा इमर्जेन्सी सेवा लिँदा स्वास्थ्य विमा बाहेकका सेवाग्राहीले एक सय रुपैयाँको टिकट काट्नु पर्ने व्यवस्था छ ।

नगर अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, नवजात शिशु तथा बालरोग विशेषज्ञ, मनोरोग विशेषज्ञ, हाडजोर्नि तथा नसा रोग विशेषज्ञ र फिजिसियन डाक्टरहरुको ओपिडि सेवा दैनिक उपलव्ध छ । यसैगरी २४ सै घण्टा नर्मल डेलीभरी सेवा, स्वास्थ्य विमा सेवा, भिडियो एक्स(रे, एक्स(रे लगायत सर्जरी र आधुनिक ल्याबको समेतको व्यवस्था छ । २४ सै घण्टा इमर्जेन्सी सेवा सञ्चालन गर्ने तयारी भएपनि सुरुवातमा साँझ ७ बजेसम्म मात्रै सञ्चालन गरीएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

हाल १५ शैय्याको नगरअस्पताललाई स्तरोन्नतीको लागि भवन निर्माणको काम धमाधम भइरहेको छ । १५ करोड ३४ हजार ३ सय ३६ रुपैयाँमा भवन निर्माणको काम भईरहेको हो । भवन निर्माण सम्पन्न भएपछि नगरअस्पताल २५ शैयाको हुनेछ ।

The post बिर्तामोड नगर अस्पतालमा इमर्जेन्सी सेवा सुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register