कबड्डी लिगलाई ७५ लाखको प्रायोजन, अब ‘केबी साम एनकेएल’

काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग (एनकेएल)का लागि ‘टाइटल स्पोन्सर’को रुपमा केबी सामलाई भित्र्याएको छ । फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता अब ‘केबी साम नेपाल कबड्डी लिग’को नामले सञ्चालन हुनेछ । नेपाली कबड्डीमा हालसम्मकै सबभन्दा ठूलो प्रतियोगिताको रुपमा केबी साम एनकेएलको पहिलो संस्करण दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ । जहाँ ६ सहरका ६ […]

Jan 16, 2025 - 03:17
 0
कबड्डी लिगलाई ७५ लाखको प्रायोजन, अब ‘केबी साम एनकेएल’

काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग (एनकेएल)का लागि ‘टाइटल स्पोन्सर’को रुपमा केबी सामलाई भित्र्याएको छ । फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता अब ‘केबी साम नेपाल कबड्डी लिग’को नामले सञ्चालन हुनेछ ।

नेपाली कबड्डीमा हालसम्मकै सबभन्दा ठूलो प्रतियोगिताको रुपमा केबी साम एनकेएलको पहिलो संस्करण दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ । जहाँ ६ सहरका ६ वटा टोलीले राउन्ड रोकिन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म प्रतिस्पर्धा गर्नेछन् । यसै प्रतियोगिताको टाइटलस स्पोन्सरको सम्झौता एक कार्यक्रमबीच वुधबार भयो ।

टाइटल स्पोन्सरको सम्झौतापत्रमा केबी साम एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमितकुमार बेगानी र केबी सामका मार्केटिङएन्ड सेल्सका प्रमुख रुपेश थापाले हस्ताक्षर गरे । एस्ट्रोनिक्स म्यानेजमेन्टले एनकेएलको लागि केबी साम आल्मुनियम उत्पादक कम्पनीसँग तीन वर्षे सम्झौता गरेको हो ।

सम्झौताअनुसार केबी सामले बार्षिक ७५ लाख रुपिया एनकेएललाई दिनेछ । यो रकम नेपाली खेलकुद इतिहासकै चौथो ठूलो रकम हो । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट, सहिद स्मारक ‘ए’ डिभिजन लिग र सूर्य नेपाल गल्फ टुरपछिको सबभन्दा ठूलो प्रायोजन हो । वीरगञ्जमा कारखाना रहेको केबी सामले २५ वर्षयता देशका सबै जिल्लामा आल्मुनियमको व्यवसाय गर्दै आएको छ ।

एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन बेगानीले भने, ‘यो पहिलो वर्ष हो, लगानीको वर्ष हो । नेपाललमा २५–३० हजारले कबड्डी खेल्छन् । हामीसँग उच्चस्तरका खेलाडी छन् । यसले नेपालमा कबड्डीको राम्रो सम्भावना भएको देखाउँछ । यसैका लागि केबी सामले साथ दिएको हो ।’

केबी सामका मार्केटिङएन्ड सेल्सका प्रमुख रुपेश थापाले भने, ‘पूर्वमेचीदेखि पश्चिम महाकलीसम्म केबी साम विस्तारित छ । कबड्डीमा गरिएको लगानीले कम्पनीको प्रवद्र्धनमा पनि साथ दिनेछ । त्यसैले एनकेएलमा स्पोन्सर गर्दा केबी साम र कबड्डी दुवैलाई फाइदा हुन्छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register