छुरा प्रहारबाट शेफअलीको शरीरका ६ ठाउँमा चोट

काठमाडौं । अज्ञात व्यक्तिको छुरा प्रहारबाट घाइते भएका भारतीय अभिनेता शेफअली खानको अहिले मुम्बईस्थित लीलावती अस्पतालमा उपचार भइरहेको छ । आक्रमणबाट उनको शरीरका ६ ठाउँमा चोट लागेको अस्पतालले जनाएको छ । तीमध्ये दुईवटा चोट गहिरा रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका डा नीरज उत्तमानीले बताएका छन् । ‘अभिनेता खानको ६ ठाउँमा चोट लागेको छ, […]

Jan 16, 2025 - 04:47
 0
छुरा प्रहारबाट शेफअलीको शरीरका ६ ठाउँमा चोट

काठमाडौं । अज्ञात व्यक्तिको छुरा प्रहारबाट घाइते भएका भारतीय अभिनेता शेफअली खानको अहिले मुम्बईस्थित लीलावती अस्पतालमा उपचार भइरहेको छ ।

आक्रमणबाट उनको शरीरका ६ ठाउँमा चोट लागेको अस्पतालले जनाएको छ । तीमध्ये दुईवटा चोट गहिरा रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका डा नीरज उत्तमानीले बताएका छन् ।

‘अभिनेता खानको ६ ठाउँमा चोट लागेको छ, जसमध्ये दुई गहिरा छन् । एउटा घाउ मेरुदण्डको छेउमा छ । उहाँको शल्यक्रिया भइरहेको छ । चोट कति गहिरो छ, शल्यक्रियापछि थाहा हुनेछ,’ उनले भने ।

डा उत्तमानीले खानफको घाँटीमा पनि चोट लागेको बताएका छन् । उनको बिहान साढे ५ बजेबाट शल्यक्रिया सुरु भएको उनले बताए ।

अभिनेता खानमाथि बुधबार राति एक अज्ञात व्यक्तिले मुम्बईस्थित घरमा घुसेर आक्रमण गरेका थिए ।

भारतीय प्रहरीका अनुसार बान्द्रामा रहेको खानको घरमा राति २ः४५ बजे एक अज्ञात व्यक्ति छिरेका थिए । ती व्यक्तिले पहिले खानको घरमा काम गर्ने मानिससँग झगडा गरेका थिए । त्यसपछि खानले प्रतिकार गर्दा व्यक्तिसँग झडप भयो । यस क्रममा छुरा प्रहार हुँदा अभिनेता खान घाइते भएका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अभिनेत्रीसमेत रहेकी पत्नी करिना कपुर र अन्य परिवारका सदस्य भने सकुशल रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ती व्यक्ति चोरीका लागि खान निवास प्रवेश गरेको हुनसक्ने प्रहरीको अनुमान छ । छुरा प्रहार गरेर फरार रहेका आक्रमणकारीको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

भारतीय अभिनेता शेफअलीमाथि छुरा प्रहार

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register