सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं। सिन्धुली, सुनकोशी गाउँपालिका-६ कानढुङ्ग्रेस्थित सडकमा काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा.३ ख ८४४५ नम्बरको हाइस बिहीबार साँझ दुर्घटना हुँदा हाइसमा सवार धनुषा जनकपुर उपमहानगरपालिका-१० बस्ने ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालक समेत १० जना घाइते […]


काठमाडौं।
सिन्धुली, सुनकोशी गाउँपालिका-६ कानढुङ्ग्रेस्थित सडकमा काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा.३ ख ८४४५ नम्बरको हाइस बिहीबार साँझ दुर्घटना हुँदा हाइसमा सवार धनुषा जनकपुर उपमहानगरपालिका-१० बस्ने ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालक समेत १० जना घाइते मध्ये ४ जनाको सुनकोशी अस्पताल खुर्कोटमा, २ जनाको धुलिखेल अस्पतालमा, २ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको भने २ जनालाई थप उपचारको लागि बिएण्डबी अस्पताल ललितपुर रिफर गरिएको छ ।
पर्वत, जलजला गाउँपालिका-२ स्थित सडकमा वारीवेनीबाट मल्लाजतर्फ जाँदै गरेको ग.५ प ४५५६ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ मल्लाज बस्ने २५ वर्षीय मनिस परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-७ स्थित सडकमा ज.८ प ३६१५ नम्बरको मोटरसाइकललाई बा.१३ च ९२९२ नम्बरको कारले शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक मिथिला नगरपालिका-२ राघोपुर बस्ने २५ वर्षीय नागेन्द्र मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
What's Your Reaction?






