भारतमा कोरोनाबाट ११ जनाको मृत्यु,  हजारभन्दा बढी  सङ्क्रमित

नयाँ दिल्ली ।  भारतमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ। जसअनुसार सबैभन्दा बढी ४३० सक्रिय केस केरलामा राज्यमा रहेका छन भने महाराष्ट्रमा २०८, दिल्लीमा १०४ र गुजरातमा ८३, कर्नाटकमा ८० र ७३ सङ्क्रमित बेंगलुरुमा रहेका छन्।  महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा कुल […]

May 28, 2025 - 05:27
 0
भारतमा कोरोनाबाट ११ जनाको मृत्यु,  हजारभन्दा बढी  सङ्क्रमित

नयाँ दिल्ली । 

भारतमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ। जसअनुसार सबैभन्दा बढी ४३० सक्रिय केस केरलामा राज्यमा रहेका छन भने महाराष्ट्रमा २०८, दिल्लीमा १०४ र गुजरातमा ८३, कर्नाटकमा ८० र ७३ सङ्क्रमित बेंगलुरुमा रहेका छन्।

 महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा कुल ११ जना बिरामीको मृत्यु भएको छ। जसमध्ये नौ जनाको एक सातामै मृत्यु भएको हो । महाराष्ट्रमा कोरोनाका कारण सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ । 

 स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो एक सातामा ७ सय ८७ नयाँ बिरामी दर्ता भएका छन् । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का निर्देशक डा. राजीव बहलले हालसम्म देशमा ४ वटा भेरियन्ट फेला परेको बताए।

 जयपुरमा सोमबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । ती मध्ये एक रेलवे स्टेशनमा मृत फेला परेका थिए। उनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । दोस्रो मृत्यु निजी अस्पतालमा भर्ना भएका २६ वर्षीय युवकको हो । उनी पहिलेदेखि नै क्षयरोगबाट पीडित थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register