भारतमा एकै परिवारका सात जना कारभित्र मृत भेटिए

काठमाडौँ। भारतको हरियाणास्थित पंचकुलामा एउटा कारभित्र सात जना मृत फेला परेका छन्। पंचकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बीबीसी हिन्दीलाई बताएकी छन । उनले भनेन् कि ‘प्रथम दृष्टिमा यो आत्महत्याको घटना देखिन्छ’। समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू देहरादूनका एकै परिवारका सदस्य थिए। मिडियासँग कुरा गर्दै डीसीपी हिमाद्री कौशिकले […]

May 27, 2025 - 09:03
 0
भारतमा एकै परिवारका सात जना कारभित्र मृत भेटिए

काठमाडौँ।

भारतको हरियाणास्थित पंचकुलामा एउटा कारभित्र सात जना मृत फेला परेका छन्।

पंचकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बीबीसी हिन्दीलाई बताएकी छन । उनले भनेन् कि ‘प्रथम दृष्टिमा यो आत्महत्याको घटना देखिन्छ’।

समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू देहरादूनका एकै परिवारका सदस्य थिए।

मिडियासँग कुरा गर्दै डीसीपी हिमाद्री कौशिकले भने, “हामीलाई ओजस अस्पतालमा छ जनालाई ल्याइएको जानकारी प्राप्त भयो। हामी त्यहाँ पुग्दा, हामीले उनीहरूको मृत्यु भइसकेको पायौं र सिभिल अस्पतालको सेक्टर ६ मा लगिएको एक जनाको पनि मृत्यु भयो।”

उनले सरसर्ती हेर्दा यो आत्महत्याको घटना देखिएको र फोरेन्सिक प्रमाणहरू सङ्कलन भैरहेको बताए। । घटनाको गहन अनुसन्धान गरिनेछ उनले बताएका छन्। बीबीसी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register